प्रलेसका पूर्वअध्यक्ष प्रदीपलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण

Education Park

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस)का पूर्वअध्यक्ष रामप्रसाद प्रदीपको तेस्रो स्मृति वर्षका अवसरमा सहकर्मीहरुले उनलाई श्रमजीवी जनताका स्रष्टाका रुपमा स्मरण गरेका छन् ।

 

प्रलेस र जनता प्रसारण तथा प्रकाशनले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रगतिशील साहित्यका माध्यमबाट समाज विकासको बाटो देखाउन प्रतिबद्ध स्रष्टा प्रदीपले नाटक, गीत, कविता लेखेर साहित्यिक योगदान गरेको जनाइएको हो ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता  वेदुराम भुसालले प्रदीपका कृतिले नेपाली समाजमा प्रगतिपथ देखाएको जनाए । प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायले आगामी वर्ष प्रदीपका योगदानमा आधारित स्मृति ग्रन्थ प्रकाशन गरिने जानकारी दिए । 

 

जनता टेलिभिजनका अध्यक्ष डा विजयकुमार पौडेलले रेलीमाई सांस्कृतिक मण्डलीका माध्यमबाट कम्युनिष्ट पार्टी विस्तारमा योगदान गरेका प्रदीपले साहित्य र सञ्चारलाई सहयात्री बनाउने परिकल्पना गरेको स्मरण गरे । 

 

प्रदीपका ‘मुलुकभित्र’ (नाटक) २०३०, ‘उपहार’ (गीतिसङ्ग्रह २०४७, ‘विस्फोटन’ गीतसङ्ग्रह २०३६, ‘बेलाको बोली’ (गीत/गजलसंग्रह) २०६५, सहलेखन ‘पचास रुपैयाँको तमसुक’ (नाटक) २०२७, ‘सपना उपहार देशलाई’ (नाटक) २०५०० आदि पुस्तक प्रकाशित छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका पूर्वप्रबन्ध सञ्चालक उनको २०७३ साल वैशाख १७ गते हृदयाघातका कारण निधन भएको थियो ।


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 2 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।