यस्तो रहेको छ आजको तपाईको भाग्य

Education Park

वि.सं.२०७६ साल वैशाख ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि प्रतिपदा, २४ घडी ५४ पला, दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र स्वाती, ३४ घडी २९ पला,बेलुकी ०९ बजेर २५ मिनेट उप्रान्त विशाखा । 

 

योग बज्र, १० घडी ०१ पला, बिहान ०९ बजेर ३७ मिनेट उप्रान्त सिद्धि । करण कौलव, दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त तैतिल, रातको ०२ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि तुला । विशालनगरस्थित वैष्णवी देवीयात्रा। ललितपुरमा मत्स्येन्द्रनाथस्नान। बुगन्हवँ। सर्वार्थसिद्धि योग बेलुकी ०७ बजेर २५ मिनेट सम्म। काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १४ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरीको रमाइलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीग आत्मियताको कमीहुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारी व्यावसायमा अबिश्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसायमा लगानी नगर्नुनै राम्रो रहेकोछ । पढाई लेखाईमा थोरै बढी समय खर्चिय भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनोरञ्जनमा अल्मलिदा लक्ष्य प्राप्तीमा बिलम्ब हुनेछ । आफन्त तथा साथीभाईहरुसँग बिवाद बढ्नेछ । सत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । नाफा मुलक व्यावसायमा खासै फाइदा नभए पनि सेवामूलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पति परिनेछ ।  माया प्रेममा नजिक भएपनि बिवाद हुने योग रहेकोछ । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरीमा बढुला हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफुले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । घर जग्गा तथा माटोसँग सम्बन्धीत कामबाट केही मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाडिएर टाडाको यात्रा हुदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गन्तब्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालति पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।

 

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कुटुम्ब तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बोलिको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो बाताबरणमा दिन कटाउन सकिनेछ । माया प्रेमम नजिक हुने समय रहेकोछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पछिसम्म फाइदा हुने व्यापार व्यावसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेशा सँग सम्बन्धीत कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पछि लाभ हुने कामको थालनी गर्न सकिनेछ भने शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुत्रा बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान श्रीमतीबिचको सम्बन्धमा उतार  चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुदा पद प्राप्तीको योग टरेर जानेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाई तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाई लेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्याक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानि भने न्युन हुनेछ ।  न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी–बहिनिसँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ ।

 


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 9 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 9 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र