IIMS College

ISMT

HUB Education

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य–मंसिर २२ गते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वि.सं.२०७६ साल मंसिर २२ गते । आइतबार । ईश्वी सन् २०१९ डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । काठमाडौंमा सूर्योदय ०६ बजेर ४३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउेन तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे–हम्मे पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दूरीको यात्रा हुने विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।  

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यावसायमा मन्दी आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरीवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानी नगर्नुनै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माइती चेलीबीचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउँने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउँन असजिलो हुनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनै पनि कामलाई पुनः गर्नुपर्दा मानसिक तनाब बढ्नेछ । पूराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनि गर्नको लागि केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउन सकिनेछ । नयाँ बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरि व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पूरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हाबी हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । 

 

कुम्भ( गू,गे,गो,सा,सी,सू,से,सो,दा) दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पूराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नयाँ बिवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठूला तथा प्रतिष्ठित व्याक्तिहरुसँग बिवाद बढ्ने योग रहेको छ । प्रणय सम्बन्धमा आत्मियताको कमी हुनेछ । कष्टकारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पति कमाउन सक्नेछन् ।


थप समाचार

नीता अम्बानीको दैनिक खर्च कति ?

  • 53 minutes ago
नीता अम्बानीको दैनिक खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

  • 1 hour ago
अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की ।

बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

  • 5 hours ago
बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले सचिव, सदस्यहरु र सल्लाहकारहरु मनोनित गरेका छन् । विभागमा बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गराइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।