रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर, प्रणय दिवसमा आईफोन एक्स उपहार

काठमाडाैँ । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ । 

 

रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आईफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि भने कम्पनीले केहि शर्त तोकेको छ । 

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार आइफोन एक्सको लक्की ड्रमा सहभागी हुनका लागि गुगल प्ले वा एप्पलको एप स्टोरबाट रिर्चाजरको एप डाउनलोड गरेर खाता खोल्नु पर्ने हुन्छ । त्यस पछि रिर्चाजरको फेसबुक पेज लाईक गर्नु पर्नेछ । यसका साथै कम्तिमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्ने छ । 

 

१५ जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एप रिफरल ट्याग गर्नेहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई आईफोन एक्स वितरण गरिनेछ  । यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात फागुन ७ गते फेसबुक लाइफ मार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए । 

 

साथै रिर्चाजरले आफ्नो ईकमर्श सेवा विस्तार गर्नेक्रममा झण्डै आधादर्जन बढी नयाँ फिचर समेत थप गरेको जनाएको छ । अब रिर्चाजर एप मार्फत नै पानी, विजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ । साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवा समेत थप गरिएको छ । अधिकांस भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यास ब्याक समेत उपलब्ध गराइने सरचार्जरले जनाएको छ ।   

 

‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंसन अनलाइन सपिंग हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा २० भन्दा बढी बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ । 

 

नेपालमा चलन चल्तीमा रहेका एक हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जर ले लिएको छ ।

 


थप समाचार

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

  • 1 hour ago
कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

कर्णाली । कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो ।

क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

  • 1 hour ago
क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

खप्तड । खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा आ

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

  • 2 hours ago
आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौँ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै क



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।