धैर्यदा देखाउँदै घरभित्रमात्रै बसिदिन भरतपुर महानगर प्रमुख दाहालको आग्रह

  • शुक्रबार, ९ जेष्ठ, २०७७
  • 2 days ago
  • नेपाल

चितवन । कोरोना महामारीबाट बच्न उच्च सतर्कता अपनाउन भरतपुर महानगर प्रमुख रेनु दाहालले आग्रह गरेकी छिन् । महानगर प्रमुख दाहालले शुक्रबार एक अपिल जारी गर्दै भरतपुर महानगरवासीलाई धैर्यदा देखाउँदै घरभित्रमात्रै बसिदिनुहुन आग्रह गरेकी हुन् ।

 

नेपालमा आजका मितिसम्म ४८७ जना व्यक्तिमा संक्रमण भएको छ भने ४९ जना निको भइ घर फिर्ता भइसकेका छन् भने ३ जनाको मृत्यु समेत भइसकेको छ । नेपालको छिमेकी देश भारतमा यसको संक्रमण तीव्र रुपमा बढ्दै गएको र रेल सेवा संचालन भएपछि मानिसको आवत जावत बढ्ने हुँदा नेपाललाई थप चुनौती आएको अपिलमा भनिएको छ । 

 

‘हाल भारतबाट आउने मानिसको संख्या दिन प्रति दिनबढि रहेको छ र संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । यस सन्दर्भमा यसको रोकथामको लागि सचेतना, रोकथामका उपायको अवलम्वन र प्रभावकारी उपचारका विधिहरु अपनाउनु जरुरी देखिन्छ’ महानगर प्रमुख दाहालद्वारा जारी गरिएको अपिलमा भनिएको छ, ‘भरतपुर महानगरपालिकामा पनि संक्रमित व्यक्तिहरु देखिन थालेको अवस्था छ । आज मात्रै भारतबाट आएका भरतपुर महानगरपालिका वडा नम्बर ६ मा २ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस अवस्थामा सम्पूर्ण नगरवासी दाजुभाई तथा दिदी बहिनीहरुमा धैर्यता देखाउँदै आ–आफ्नो घर भित्र बसिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ 

 

महानगर प्रमुख दाहालद्वारा जारी गरिएको अपिलमा भनिएको छ, ‘स्थानीय प्रशासनले तोकेका पसल एवं व्यवसायहरु निश्चित समयसम्म संचालन गर्नका साथै महानगरभित्र हरेक वडामा न्यूनतम १० वेडको क्वारेन्टिन स्थापना भइसकेकोले विदेश तथा जिल्लाबवाहिरबाट आउनुभएका सम्पूर्ण महानुभावहरु वडामा स्थापना भएका क्वारेन्टिनहरुमा बसी आफू र समाजप्रतिको दायित्व पूरा गर्नुहुन हार्दिक अपिल गर्दछु ।’

 

विश्वव्यापी महामारीका रुपमा मानव सभ्यतालाई नै चुनौती दिएको कोरोना भाइरसका कारण विश्वमा करीब ५२ लाख ७ हजारमानिस संक्रमित र करीव ३ लाख ३४ हजार भन्दा बढि मानिसको मृत्यु भइसकेको छ । करीव २१ लाख मानिस उपचार पश्चात् निको भइ घर फिर्ता भएका छन् ।  


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 5 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 5 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।