एक अर्वको लगानीमा बनेको माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा

पोखरा । करिब एक अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको पोखरामा माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आएको छ ।

 

विशेष सेवा सुविधाकासाथ जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा– दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको हो ।

 

रिसोर्ट निर्माणको पहिलो चरणको काम सम्पन्न भएसँगै पाहुनाका लागि रिसोर्टले एक महिना अगाडिबाट सेवा सुरु गरेको सेल्स एण्ड अपरेसन डाइरेक्टर किरण तुलाधरले जानकारी दिए ।

 

 ७२ रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको छ । रिसोर्टमा ८ जनाको लगानी छ । रिसोर्टमा करिब एक अर्ब रुपैयाँ लगानी भएको लगानीकर्ता मध्यका एक ध्रुवबहादुर थापाले जानकारी दिए ।

 

६४ वटा कोठाबाट रिसोर्टको सेवा सुरु गरिएको उनले बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालन आएको छ,’ उनले भने, ‘पोखरामा पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न जंगल रिसोर्ट खोल्न सफल भएका छौं ।’

 

रिसोर्टमा ६ वटा ब्लग र ६ वटा भिल्ला छन् । एउटा प्रेसिडेन्टल रुम र एउटा स्वीट छ । अरु सबै सुपर डिलक्स रुम छन् । पप्र्याप्त पार्किङ तथा स्विमिङ पुल छ । स्विमिङ पुल बारको सुविधा सहित रिसोर्टलाई आकर्षक डिजाइनबाट निर्माण गरिएको छ । जंगलको काखमा अवस्थित रिसोर्टबाट पोखरा तथा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाली श्रृङखला लामो रेन्जमा देख्न सकिनेछ ।

 

‘प्रत्येक रुम तथा बाथरुमबाट समेत हिमालयको दृश्यावलोकन गर्न सकिन्छ,’ थापाले भने । सेती नदी र फुस्रे खोलाको संगमस्थल तथा वरपरका हरियाली जंगल तथा पहाडहरुको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरमा साइकल ट्रयाक र फुट ट्रयाक पनि निर्माण भएको छ ।


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 9 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 9 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 10 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।