पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ–शक्तिखोर सडकको शिलान्यास

  • मंगलबार, १७ पुष, २०७५
  • 6 months ago
  • नेपाल
Education Park

चितवन । जिल्लाको पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ शक्तिखोर सडकको सोमबार शिलान्यास गरिएको छ । 

 

शक्तिखोर बजार नजिकै चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले सडकको शिलान्यास गरेका हुन् । 

 

एशियाली विकास बैंकको अनुदान सहयोगमा निर्माण हुने सो सडक ४७ किलोमिटर लामो हुनेछ । जसमध्ये शक्तिखोरदेखि तोलाङसम्मको ३७ दशमलव शुन्य सात किलोमिटर सडक निर्माण गर्न लागिएको हो । तोलाङबाट फिस्लिङसम्म यसअघि नै सामान्यरुपमा सडक निर्माण गरिएको छ । 

 

सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सान्जी र नेपालको आशिष निर्माण सेवाले पाएका छन् । रु ७८ करोड ९६ लाखको लागतमा सडक निर्माण गर्ने गरी सम्झौता भइसकेको छ । यद्यपि सडकलाई फिस्लिङसम्म जोड्नुपर्ने, कालोपत्रेको चौडाई बढाउनुपर्ने लगायतका कारण नक्साङ्कन फेरबदल हुनसक्ने बताइएको छ । 

 

ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजालका अनुसार नालीसहितको सडकको चौडाई सात दशमलव २५ मिटर हुनेछ । अहिलेको ठेक्का सम्झौतानुसार तीन दशमलव २५ मिटर फराकिलो कालोपत्रे गर्ने भनिएको छ । यद्यपि सम्झौतामा केही फेरबदल गरी कालोपत्रे पाँच मिटर पु¥याउने विषयमा छलफल भइरहेको उनले बताए । 

 

सो सडकमा दुई ठाउँमा पुल र दुई ठाउँमा कजवे निर्माण गर्नुपर्ने हुन्छ । ती काम भने ठेक्कामा समावेश छैनन् । सडकको चार किलोमिटर बाहेकका ठाउँमा सामान्य बाटो (ट्रयाक) खोलिसकिएको छ । सडकलाई तीन भागमा विभाजन गरेर निर्माणको काम तीब्ररुपमा गरिने रिजालले बताए । 

 

काम गरेको ७३० दिनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । सडकको शिलान्यास समारोहमा सांसद पोखरेलले ग्रामीण क्षेत्रका जनतालाई यो सडक वरदान सावित हुने बताए । सो क्षेत्रमा चेपाङ जातिको बाहुल्यता रहेको बताउँदै उनले ती जातिको जीवनस्तर उकास्न सडक सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजाललगायतले सो सडक महत्वमाथि प्रकाश पारे । सडक शक्तिखोर नगरपालिका र इच्छाकामना गाउँपालिका हुँदै पृथ्वी राजमार्गमा जोडिनेछ ।

 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङले सो सडकले जिल्लाको पहाडी क्षेत्रको मुहार फेर्ने बताए । 

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 1 hour ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।