IIMS College

ISMT

HUB Education

रोहिङ्ग्याबारे यसो भन्छिन् आङ साङ सुकी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आङ सान सू कीले बंगलादेशमा आश्रय लिइरहेका रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गादेशको तत्परतामा निर्भर रहने बताएकी छन् ।

 

एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम दमनपछि म्यान्मारबाट ७००,००० भन्दा बढी रोहिङ्या मुस्लिम समुदाय भागेर बङ्गलादेश प्रवेश गरेका थिए ।

 

गत नोभेम्बरमा दुबै मुलुकले उनीहरुलाई स्वदेश फर्काउने सम्झौतामा सहमति जनाएका तर त्यो सहमति अबरुद्ध भएको छ । गाउँका घरहरु जलाइएको, सैनिकबाट यातना दिइएको, हत्या गरिएको र बलात्कृत भएको तिनै स्थानमा फर्कन उनीहरु डराइरहेका छन् र म्यान्मारका सैनिकको त्रास पनि उत्तिकै छ ।

 

बङ्गलादेशले रोहिङ्ग्या समुदायको बसाई अस्थायी रहेको बताउँदै आएको छ, तर जबर्जस्ती फर्काउन चाहेको छैन ।

 

यो सङ्कटका बारेमा सार्वजनिक टिप्पणी नगरेकी नेत्री सूकीले सिंगापुरमा भनिन्,’सम्झौतामा उल्लेख भएबमोजिम स्वदेश फर्किने रोहिङ्ग्या समुदायलाई स्वागत गर्न म्यान्मार तयार छ ।’

 

‘हामी आफैंले एकतर्फी रुपमा समयसीमा तोक्न सकेका छैनौं किनभने हामीले बङ्गलादेशसँग पनि काम गर्नुपर्नेछ,’ म्यान्मारको लोकतान्त्रिक रुपान्तरणका विषयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘बङ्गलादेशले पनि यो प्रक्रिया छिटो पूरा गर्न निर्णय गर्नु पर्दछ ।’

 

बङ्गलादेशको सीमावर्ती सहर कोक्स बजार आसपास आश्रय लिइरहेका रोहिङ्ग्याले पश्चिम म्यान्मारको रखाइन राज्यमा फर्कनुअघि सुरक्षाको प्रत्याभूति हुनुपर्ने र नागरिकताको अधिकार प्राप्त हुनुपर्ने माग गरिरहेका छन् । संयुक्तराष्ट्र सङ्घले उनीहरुको फिर्तीका लागि परिस्थिति अनुकूल भइनसकेको जनाएको छ ।

 

अमेरिका र राष्ट्रसंघले म्यान्मारको सैनिक गतिविधि जातीय सफायमै केन्द्रित भएको आरोप लगाइआएका छन् । म्यान्मारले ठूलो सङ्ख्यामा रोहिङ्ग्या समुदायलाई स्वीकार्ने सम्भावना पनि न्यून रहेको बताइन्छ ।

 

रोहिङ्ग्या बिद्रोहीले प्रहरी पोष्टमा आक्रमण गरेपछि उनीहरु विरुद्धको कारबाही गत वर्ष अगष्ट २५ मा शुरु भएको थियो । रोहिङ्ग्या बिरुद्धको सैनिक कारबाहीलाई नियन्त्रणमा राख्न चौतर्फी आग्रह गरिएपनि हजारौं रोहिङ्ग्या मारिएको आशंका गरिएको छ ।


थप समाचार

उडिसा राज्यमा ३० अप्रिलसम्म लकडाउन !

  • 1 minute ago
उडिसा राज्यमा ३० अप्रिलसम्म लकडाउन !

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । दैनिक ५०० भन्दा बढी संक्रमितहरु फेला पर्न थालेपछि विभिन्न राज्यले उच्च सतर्कता अपनाउन नयाँ नीति ल्याउने काम गरेका छन् ।

विद्यार्थीलाई राहत दिन नेपाल विद्यार्थी संघको माग

  • 9 minutes ago
विद्यार्थीलाई राहत दिन नेपाल विद्यार्थी संघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले डेरा लिई बसेका तथा विपत्तिका बेला घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई राहत दिनुपर्ने बताएका छन् । अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर त्यस्ता खालक

सीजी इलेक्ट्रोनिक्सका सामग्रीहरूको वारेन्टी अवधि लम्बियो

  • 20 minutes ago
सीजी इलेक्ट्रोनिक्सका सामग्रीहरूको वारेन्टी अवधि लम्बियो

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले बिक्री गर्ने घरायसी सामग्रीहरूको वारेन्टी अवधि लम्बाएको छ । कम्पनीले एलजी, सीजी, गोदरेज, टीसीएल, सेन्सेई तथा अन्य घरायसी सामग्रीको वारेन्टीमा म्याद थप गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।