विश्वकपको सेमिफाईनल खेल कहिले र कहाँ ?

काठमाडौं । शनिबार राति सम्पन्न खेलमा रसियलाई क्रोएशियाले हराएसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । जारी रसिया विश्वकपमा सेमिफाइनलमा यूरोपियन टिमहरु फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएशिया मात्रै सेमिफाइनलमा पुगेका छन् ।

 

यी चार राष्ट्रहरुले फाइनल प्रवेशको लागि मंगलबार र बुधबार प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल समिकरण अनुसार अब फ्रान्सले बेल्जियमसँग तथा इंग्ल्याण्डले क्रोएशियासँग  प्रतिस्पर्धा गर्नेछ ।

 

फ्रान्सविरुद्ध बेल्जियम

 

फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेलाई २–० ले पराजित गरेर सेमिफाइनल पुगेको हो भने ब्राजिललाई २–१ ले पराजित गरेर बेल्जियम पनि सेमिफायनल प्रवेश गरेको हो । 

 

यी दुई राष्ट्रबीचको खेल मंगलबार राति पौने १२ बजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । 

 

इंग्ल्याण्डविरुद्ध क्रोएशिया

 

शनिबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले स्विेडनलाई २–० गोलले हराउँदै विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको हो भने पेनाल्टी सुटआउटमा आयोजक राष्ट्र रसियालाई ४–३ गोलले हराउँदै क्रोएशिया पनि  सेमिफाईनलमा पुगेको हो । 

अब फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच बुधबार राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुनेछ । 

 


थप समाचार

गगन थापाको प्रश्नः राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

  • 3 minutes ago
गगन थापाको प्रश्नः राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न उठाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेपछि...

  • 9 minutes ago
अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेपछि...

एजेन्सी । कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ ।

कला न्यौपानेको संस्कृत भजन सार्वजनिक

  • 23 minutes ago
कला न्यौपानेको संस्कृत भजन सार्वजनिक

काठमाडौँ । कलाकार कला न्यौपानेले लक डाउनको समयमा पनि प्रयास स्वरूप संस्कृत भजन सार्वजनिक गरेकी छिन् । भिडियोको निर्देशन र सम्पादन चर्चित फोटोग्राफर राजिव श्रेष्ठले गरेका हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।