IIMS College

ISMT

HUB Education

फरक शैलीमा लण्डनमा नेपाल भ्रमण वर्षको प्रचार गर्दै सपन र शर्मिला

  • बिहीबार, २३ माघ, २०७६
  • 2 weeks ago
  • युके
गायक सपनकुमार राई र गायिका शर्मिला वर्देवा
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । आजभन्दा केहि दशक पहिले लण्डनको भारतीय समुदायमाझ गायक सपनकुमार राईको विशेष प्रभाव थियो । ईष्ट, वेस्ट, साउथ ईष्टसहित लण्डनका विभिन्न ठाउँका भारतीय क्लबहरुमा दिनहुँजसो उनका सांगीतिक शोहरु हुने गर्थे । 

 

सन् १९९० को दशकको मध्यतिर जब सपनले लण्डनका भारतीय क्लबहरुमा गाउन थालेका थिए, त्यतिबेला यहाँको नेपाली समुदाय निकै सानो थियो । त्यसैले आफ्नो सौखका लागि होस् वा व्यवसायिक दृष्टिले नै किन नहोस्, भारतीय क्लबहरुमा गाउनुको विकल्प थिएन उनीसंग । 

 

सन् १९९४ मा लण्डनको रेनर्स लेनस्थित रुबी क्लबमा आफ्नो पहिलो प्रस्तुति गरेका सपनलाई सुन्ने स्थानीय भारतीयहरुले उनलाई 'नेपाली काराओके किंग' भनेर प्रशंसा गर्ने गरेको सम्झना उनीसंग अझै ताजा छ । 

 


'सुरुमा त मैले गाएको देख्दा सबैले अचम्म मानेर हेर्ने गर्थे, यो चाइनिजले कसरी हिन्दी गीत गायो भनेर उनीहरु छक्कै पर्थे', सपन सम्झिन्छन् ,  'मेरो मंगोलियन लुक्सका कारण कसैले पनि मलाई नेपाली होला भन्दैनथ्यो ।  मैले म गौतम बुद्ध, सगरमाथा र गोर्खाहरुको देश नेपालबाट आएको हुँ भनेर गर्वसाथ सुनाउँथे ।' 

 

रेनर्स लेनको रुबी क्लब, ईष्ट लण्डनको बलिउड क्लब, वेम्बलीको पायल क्लब, सडवरीको मनसुन क्लब, क्रोयडनको मालिबु क्लबदेखि फिन्चली ईष्टको एक्सेल क्लब, वेम्बलीको मस्ती क्लब, क्ले ओभन लगायतका थुप्रै भेन्यूमा सपनले नियमति शोहरु गर्ने गर्थे । 

 

 

पहिलो डेढ दशकसम्म क्लबहरुकै गायनमा निकै व्यस्त सपनलाई सन् २००७/०८ बाट भने समय मिलाउन गाहे पर्न थाल्यो । नेपाली समुदायका इभेन्टहरु समेत भ्याउनुपर्ने भएपछि उनले क्लबहरुमा दिंदै आएको समयलाई बिस्तारै कम गर्दै गए ।  आजको दिनसम्म पनि उनले क्लबहरुमा गाउन चटक्कै छोडेका भने छैनन् । थोरै नै सहि, निरन्तरता दिइरहेकै छन् । 

 

यो वर्ष भने आफ्नो गायनलाई नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा केन्द्रित गर्ने योजना बनाएका छन् सपनले । फेब्रुअरी र मार्च महिनाभर लण्डनका विभिन्न ठाउँस्थित भारतीय क्लबहरुमा गाउने र संगै नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्ने उनको योजना छ । यो अभियानमा उनलाई चर्चित गायिका शर्मिला बर्देवाको समेत साथ रहनेछ । 

 

यहि फेब्रुअरी १४ मा सपन र शर्मिलाको पहिलो शो रेनर्स लेनस्थित रुबी क्लबमा हुँदैछ । यो त्यहि क्लब हो जहाँ सन् १९९४ मा सपनले पहिलोपटक आफ्नो गायन प्रस्तुत गरेका थिए । 

 

'हामीहरु लण्डनका वेस्ट, ईष्ट, साउथसहितका विभिन्न लोकसेनका भारतीय क्लबहरुमा शोहरु आयोजना गर्दैछौं । केहि नेपाली गीतहरु समेत प्रस्तुत गर्नेछौं', सपन भन्छन्, 'गीतहरु सुनाउने र संगसंगै नेपाल भ्रमण वर्षको बारेमा बताउने, नेपाल घुम्न जान आग्रह गर्ने हाम्रो योजना छ ।' 

 

यी शोहरुको संयोजन गरिरहेकी सपन इन्टरटेनमेन्टकी निर्देशक मन्जु गुरुङ राईले नेपाल सरकारले घोषणा गरेको भ्रमण  वर्ष सफल पार्नु सबै नेपालीको दायित्व रहेकोले आफुहरु पनि कार्यक्रमको तयारीमा  लागेको बताउंछिन् । ‘बेलायतमा  नेपाली दूतावासले धेरै प्रयासहरु गरिरहेको छ, विभिन्न नेपाली संस्थाहरु समेत लागि परेका छन् ।  हामीले पनि सकेको गरौं भन्ने सानो प्रयास हो’, उनले भनिन् ।  


 

बेलायतीहरुमा मात्र नभएर नेपालसंग सांस्कृतिक, सामाजिक हिसाबले समेत नजिक भारतीयहरुमाझ गरिने प्रवर्द्धन थप उपयोगी हुने विश्वास उनीहरुलाई छ ।

 

विदेशीहरुमाझ गीत गाउने र संगै नेपाल भ्रमण वर्षको प्रचार पनि गर्ने । छैन त सपन र शर्मिलाकोे शैली गज्जब ? 

 

सपनकुमार राईको कभर एल्बममा केहि बहुचर्चित हिन्दी गीतहरु :  

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 2 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।