IIMS College

ISMT

HUB Education

सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित “स्याचुपि” नामक कविता संग्रह पुस्तक थिमिमा लोकार्पण गरिएको छ ।

 

बाङ्गमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीले शनिबार उक्त पुस्तकको लोकार्पण गर्दै कविताको माध्यमबाट पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै कविताको महत्वका विषयमा चर्चा गरेका थिए । 

 

मुलुकको विभिन्न कालखण्डमा घटेका घटनालाई कविताको माध्यमबाट जनमानसमा चेतना दिने र स्याचुपिको अर्थको बारेमा प्रकाश पार्दै मध्यपुर थिमिका साहित्यकार एवं पुस्तकका लेखक कवि ओमनहरि साहु श्रेष्ठले मानिसमा भएका रिस राग, लोभ, द्वोष, भय, तनावबाट मुक्त गर्ने हुने भावको नामबाट स्याचुपि कविता संग्रह तयार गरेको बताए । 

 

पुचःका अध्यक्ष नरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले पुस्तकको नामअनुसार कविता पनि मिलेको भन्दै सामाजिक क्षेत्रमा व्याप्त रहेको हत्या हिसा, भ्रष्टाचार, लुटपाटआदिको अन्त्य हुनुपर्ने भावना पुस्तकमा रहेको बताए । 

 

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरको विकास र समृद्धिका विभिन्न योजनाका बारेमा जानकारी दिए । 

 

कार्यक्रमका संयोजक रामकाजी श्रेष्ठ, पुचःका पूर्वअध्यक्ष ओमप्रकाश श्रेष्ठले नगरमा नेपाल भाषा क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले विसं २०४२ मा पुचःको स्थापना भएको जानकारी दिँदै पुचःको स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी क्षेत्रमा विशेष कार्य गर्दै आएको बताए । 

 

पुस्तकमा कवि श्रेष्ठले विभिन्न समयमा लेखिएको २६ वटा कविता संग्रहित छन् ।


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 1 hour ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।