जीवनमा गोप्य राख्नैपर्ने चार कुरा

एजेन्सी । चाणक्यको जीवन दर्शन पूर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी दार्शनिक, अर्थशास्त्री तथा कुटिल रणनीतिकार समेत थिए । 

 

उनले शताब्दिऔं अघि प्रतिपादन गरेका जीवन दर्शनहरु आजको पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक मानिन्छन् ।

 

उनै चाणक्यले जीवनमा केही कुरा गोप्य राख्नुपर्ने बताएका छन्, जुन निम्न छन्ः

 

१. धनको लाभ हानीः

 

चाणक्य नीतिका अनुसार पुरुषले गोप्य राख्नुपर्ने पहिलो कुरा धनको लाभ र हानीको बारेमा कसैलाई पनि नभन्न उनले सुझाएका छन् । उनका अनुसार धन सम्बन्धी मामलामा कसैसँगपनि कुरा खोल्नु हुँदैन । समाजमा गरिव व्यक्तिलाई सजिलै धन प्राप्त नहुने भएका कारण सदा धन सम्बन्धी कुरा गोप्य राख्नुपर्छ ।

 

२. दुखः नबाँड्नुहोस्ः

 

चाणक्यका अनुसार जीवनमा आफ्ना दुखः अरुसँग भन्नु हुँदैन । आफूमा भएको सन्ताप र दुःखहरु अरुको अगाडि नभन्नुनै बुद्धिमानी हुने उनको राय छ । आफ्नो दुःख अरुलाई सुनाउँदा दुनियाँले मजाकमात्र उडाउने उनको तर्क छ ।

 

३. आफ्नी श्रीमतीको बारेमाः

 

धन र दुख पछि चाणक्यले आफ्नी श्रीमतीका बारेमा पनि कुरा गोप्य राख्नुपर्ने बताएका छन् ।

 

उनले गोप्य राख्नुपर्ने तेस्रो कुरामा गृहिणीको चरित्र बताएका छन् । आफ्नी श्रीमतिसँग जोडिएका हरेक कुरा गोप्य राख्नुपर्ने उनको सुझाव छ । आफ्नो घर परिवारको आन्तरिक कुराहरु दुनियाँले थाहा पाउँदा भविष्यमा भयानक दुर्घटना हुन सक्ने तर्फ उनले सतर्क गराएका छन् ।

 

४. आफु हेपिएको कुराः

 

चाणक्यले आफुभन्दा सानो मान्छेले आफुलाई हेपेको कुरा कसैसँग पनि नगर्न आग्रह गरेका छन् । उनले भनेका छन् कि, जीवनमा कुनै नीच व्यक्तिले आफूलाई गरेको अपमान बारे पनि कसैसँग चर्चा नगरिकन गोप्य राख्नुपर्छ । यस्तो कुरा अरुले थाहा पाए मजाक उडाउने उनको तर्क छ ।

 

 


थप समाचार

यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

  • 13 minutes ago
यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 25 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 41 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।