Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापतको ५० लाख रूपैयाँ हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापतको ५० लाख रूपैयाँ हस्तान्तरण


काठमाडौँ। एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ५ जना ग्राहकका आफन्तलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ।

सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटना बीमा बापत प्रति परिवारलाई १० लाख रुपैयाँको दरले ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको बैंकले बताएको छ।

बीमा रकम प्राप्त गर्नेमा चितवनको बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडका भाइ राजनप्रसाद बछाड, रुपन्देहीको ड्राइभर टोल शाखामा खाताखोलेका मृतक सम्राट खनालका बुबा लक्ष्मण खनाल रहेका छन्।

यसैगरी बर्दियाको भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुका बुबा दुल्लुराम थारु, सुनसरीको झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजाको कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारीलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम हस्तान्तरण गरिएको बैंकले बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT