IIMS College

ISMT

HUB Education

पूर्व डिएसपी श्रेष्ठको पुस्तक ८ भाषामा प्रकाशन हुने

  • मंगलबार, २८ माघ, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पूर्व डिएसपी शिवजी श्रेष्ठद्धारा लिखित एक पुस्तक अंग्रेजीबाहेकका थप ८ भाषामा प्रकाशन हुने भएको छ ।

 

'द माओइस्ट इन्सर्जेन्सी इन नेपाल एण्ड इट्स इम्प्याक्ट अन द नेपाल पुलिस मोराल' शीर्षकको पुस्तक विभिन्न ८ भाषामा प्रकाशन हुने भएको हो । 

 

१० वर्षे माओवादी युद्धले नेपाल प्रहरीको नैतिक आत्मबलमा पारेको असरबारे अंग्रेजी भाषामा लेखिएको यो पुस्तक सन् २०१८ मा जर्मनीको ल्याम्बर्ट पब्लिकेसनबाट प्रकाशित भएको थियो । यो पुस्तक अहिले  अमेजन लगायतका अनलाइन सपिङ्ग एजेन्सीहरुले  ६९ पाउण्ड २१ पेन्सको मुल्यमा बिक्री गरिरहेका छन् । 

 

विभिन्न भाषाका पाठकको माग आएको भन्दै पब्लिकेसनले अब फ्रेञ्च, जर्मन, इटालियन, स्पेनिस, डच, पोलिस, पोर्चुगिज र रशियन भाषामा प्रकाशन गर्न लागेको हो । 

 

 

थप भाषामा प्रकाशन गर्ने प्रकाशकको आग्रहमा आफुले स्वीकृति दिइसकेको र केहि समयभित्रै प्रकाशन भइसक्ने लेखक श्रेष्ठले बताएका छन् । 

 

'माओवादीले चलाएको सशस्त्र द्धन्द्धका क्रममा ६ सय बढि प्रहरी चौकी विस्थापित भए, १४७८ प्रहरीको ज्यान गयो । २५ सय बढि प्रहरी गम्भीर रुपमा घाइते बने', पुस्तकका लेखक पूर्व डिएसपी श्रेष्ठ भन्छन्, 'द्धन्द्धले हाम्रो प्रहरीको नैतिक आत्मबल निकै तल गिराइदियो जुन आजका दिनसम्म पनि पुर्ण रुपमा उठ्न सकेको छैन । नेपाल प्रहरीको गिरेको आत्मबल कसरी उठाउने भन्नेबारे पुस्तकमा लेख्न कोशिस गरेको छु ।' 

 

१२ वर्ष प्रहरी सेवामा बिताएका पूर्व डिएसपी श्रेष्ठले माओवादी युद्धविराम गरी शान्तिवार्तामा आउनु केहि महिनाअघि मात्रै सेवाबाट बिदा लिएका थिए । श्रेष्ठ केहि महिनाअघि प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीबाट सम्मानित उनी अहिले 'प्रहरीमा १२ वर्ष' शीर्षकको अर्को पुस्तकको समेत तयारीमा छन् । 

 


थप समाचार

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

  • 14 minutes ago
नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ । राजकिय शैलीमा जन्मदिन मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका ओलीको जन्मदिनको अवसरमा तयार भएको केकमा नेपालको नक्सा प्र

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 35 minutes ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 40 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।