हाेटलकाे तेस्राे तलाबाट युवक हामफालेपछि याैनधन्दाकाे रहस्य बाहिरियाे

सांकेतिक तस्वीर

लहान । होटलको तेस्रो तलाबाट हामफालेर एक युवकको खुट्टा भाँच्चिएपछि होटलमा अवैध रुपमा यौनधन्दा हुने गरेको रहस्य बाहिर आएको छ ।

गत सोमबार राति काठमाडौँबाट आएका दुई युवक सिराहाको मिर्चैयास्थित एक होटलमा कोठा भाडा लिएर बास बसेको र बिहान पैसा तीर्ने विषयमा होटल सञ्चालक र युवाबीच झगडा भएको थियो । 

सो क्रममा एक युवक होटलको तेस्रो तलाबाट स्थानीय शम्भु साहको घरको छतमा हामफालेपछि युवकको खुट्टा भाँच्चिएपश्चात यस्तो रहस्य बाहिर आएको स्थानीयवासीले बताएका छन् ।

होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित उक्त होटलका सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । 

होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो । 

होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । 

होटल सञ्चालक सञ्जय ठाकुर र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताए । यसअघि पनि ती होटल सञ्चालकमाथि मुद्दा चलाइएको थियो । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व