IIMS College

ISMT

HUB Education

निदाएको बेला ऐठन हुन्छ ? कतै तपाईलाई यस्तो त भएको छैन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छरु तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ ? 

 

के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ?

 

के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?

 

आजसम्म तपाईं कहिल्लै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ वास्तबमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ?

 

के हो ऐठन ?

 

नेपालीमा ऐठन भनेको के हो त ? त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन ।

 

ऐठन भनेको अस्थाई रुपमा निदाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । 

 

यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । 

 

जसलाई हामी बैज्ञानिक भाषामा Hllaucination भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन । 

 

ऐठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तरकसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमात्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ ।

 

प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा ऐठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १र२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

 

यसको कारणः

 

रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा अजझष्अब िबनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निदाउछ । तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निदाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो अजझष्अब िले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ ।

 

ऐठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।

 

ऐठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

 

ऐठनले तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निदाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

 

शरीरमा रगतमा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मन्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ ।

 

शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

 

यसलाई रोक्नको लागिः

 

१. मानसिक तनाब लिएर बिस्तारमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।

 

२. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निदाउनुले एठन रोक्न सक्छ ।

 

३. सबै भन्दा राम्रो केही पढ्दै निदाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।

 

राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निदाउनुहोस ।

 

 


थप समाचार

ईन्द्रेणी टिमलाई बेलायत ल्याउंदै गुल्मी जिल्ला समाज यूके

  • 1 minute ago
ईन्द्रेणी टिमलाई बेलायत ल्याउंदै  गुल्मी जिल्ला समाज यूके

लण्डन । प्रत्यक्ष लोकदोहोरीमार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन सफल कार्यक्रम ईन्द्रेणीको टिम बेलायत आउने भएको छ ।

अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छः गगन थापा

  • 4 minutes ago
अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि तिखो कटाक्ष गरेका छन् । ७० करोड कमिशनमा निवर्तनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई जो

हलिउड अभिनेता जर्ज क्लुनीले स्पेनिस क्लब मालागा किन्नसक्ने

  • 8 minutes ago
हलिउड अभिनेता जर्ज क्लुनीले स्पेनिस क्लब मालागा किन्नसक्ने

एजेन्सी । हलिउड अभिनेता जर्ज क्लुनीले स्पेनिस क्लब मालागा किन्नसक्ने समाचार प्रकाशित भएको छ । साना लगानीकर्ताहरुको समूहका अध्यक्ष एन्टोनियो एगुइलेराले यस कुराको पुष्टि गरेका हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।