IIMS College

ISMT

HUB Education

अति विपन्न परिवारलाई सौर्यबत्ती वितरण

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्नसक्ने क्षमता नभएका घरधुरी छनोट गरी गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सौर्यबत्ती वितरण गरेको हो । 

 

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । थापाका अनुसार बाक्सेका छ र खहरेका एक घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको छ । 

 

उक्त ठाउँका विष्णु नेपाली, सन्तमाया परियार, आइत थापा, आधीमाया थापा, कालु परियार, माया थापा र रश्मी थापालाई सौर्यबत्ती वितरण गरिएको हो ।

 

“बिजुली नपुगेको गाउँका अतिविपन्न र बिजुली पुगे पनि मिटर राख्नसक्ने हैसियत नभएका घरधुरी छानेर सौर्यबत्ती वितरण गरेका हौँ”, थापाले भने, “अन्य विपन्नलाई पनि क्रमशः सौर्यबत्ती वितरण गरिनेछ ।” सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्बासी परिवार हो । 

 

सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर रु २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको र जडानको खर्च पनि गाउँपालिकाले व्यहोेर्ने अध्यक्ष थापाले जानकारी दिए ।

 

ती सौर्य उपकरणबाट चारसम्म बत्ती बाल्न पुग्छ । “उज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो”, थापाले भने । गाउँपालिकाले सौर्यबत्ती प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । 

 

अहिलेसम्म मैनबत्ती र टुकीको भरमा बत्ती बाल्दै आएकामा सौर्यबत्ती पाएपछि घर नै उज्यालो हुने भन्दै स्थानीयवासी विष्णु नेपालीले खुशी व्यक्त गरे । बिजुली बाल्न मिटर जडान गर्नसक्ने अवस्था नरहेको अवस्थामा गाउँपालिकाले सौर्यबत्ती वितरण गरेर उदाहरणीय काम गरेको अर्का स्थानीयवासी सन्तमाया परियारले बताए ।

 

गाउँपालिकाले केही समय अगाडि गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलाई सौर्यबत्ती वितरण गरेको थियो । 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 6 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 7 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 7 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।