यमन शान्ति वार्ता स्वीडेनमा शुरु हुँदै

रिम्बो, स्वीडेन । चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदैछ । 

 

संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको यो शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो । त्यसबखत एकसय दिनभन्दा बढी चलेको वार्ताले युद्ध अन्त्य गर्न असफल भएको थियो । उक्त युद्धका क्रममा १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड ४० लाखभन्दा बढी मानिस भोकमरिको चपेटामा परेका छन् । 

 

यमनमा साउदी अरेबिया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच सत्ताका लागि सशस्त्र सङ्घर्ष जारी छ । 

 

राष्ट्रसंघ स्रोतका अनुसार युद्धरत दुबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयत्न भइरहेको छ । राष्ट्रसंघले यमनमा जारी हिंसात्मक एवं सशस्त्र द्वन्द्वले मानवीय सङ्कट निम्त्याएको जनाएको छ । पछिल्ला वर्षहरुमा फैलिएको भोकमरि, रोग र युद्धका साथै बालसैन्य भर्नाले यमन आक्रान्त छ । 

 

स्रोतका अनुसार हुथी बिद्रोहीहरुले साना अन्तर्राष्ट्रिय विमानस्थल खुला गर्न अनुरोध गर्ने अपेक्षा गरिएको छ । साउदी अरेबीया समर्थित हवाई आक्रमणमा उक्त विमानस्थल क्षतिग्रस्त भएका कारण हाल बन्द अवस्थामा छ । साउदी गठबन्धनले यमनको हवाई क्षेत्रमा नियन्त्रण कायम गरिरहेका छन् । 

 

सरकारी प्रतिनिधिमण्डल स्रोतका अनुसार राष्ट्रपति अबेड्राब्बो मन्सुर हादीका प्रतिनिधिहरुले विद्रोहीले बिछ्याएका बारुदी सुरुङको विस्तृत नक्सा उपलब्ध गराउन आग्रह गर्नेछ । 

 

दुबै पक्षका स्रोतले यमनमा तत्काल युद्धबिरामका लागि आग्रह गर्ने र मानवीय सहायता उपलब्ध गराउन मार्ग खुला गर्ने विषयलाई उठाउनेछन् । 

 

यस पटकका वार्ता स्वीडेनको स्टकहोमबाट ६० किलोमिटर उत्तरमा हुनेछ । बाह्र सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व यमन सरकारका विदेशमन्त्री खालेद अल–यमनीले गरेका छन् । उनी बुधबार साँझ स्टकहोम पुगेका छन् । 

 

यसअघि राष्ट्रसंघले सेप्टेम्बरमा वार्ता गर्नेगरी पहल गरेपनि अन्तिम समयमा सुरक्षाको कारण दर्शाउँदै हुथी बिद्रोहीहरु वार्ताबाट अलग भएका थिए । 

 

सरकार र हुथीबीच मङ्गलबार मात्र आआफ्ना नियन्त्रणमा रहेका कैदीबन्दी मुक्त गर्न सहमत भएका थिए । स्वीडेन वार्ता लगत्तै अन्तर्राष्ट्रिय रेडक्रस समितिको रोहबरमा ती कैदीबन्दी आदान प्रदान गरिनेछ । 


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 10 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 10 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 10 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।