Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थकाठमाडौँमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

काठमाडौँमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौँमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले काठमाडौँ महानगरपालिका–३१ मा शंखमुल शाखा र काठमाडौँ महानगरपालिका–२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरी बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले गरेका हुन् । पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे ।

काठमाडौँ उपत्यकामा चाँडै नै थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT