IIMS College

ISMT

HUB Education

सिरिया द्वन्द्व : पछिल्लो घटनामा ४५ हजार मानिस विस्थापित, ७ वर्षमा ४ लाखले ज्यान गुमाए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बेरूत, लेबनान । सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिनयता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले जनाएको छ। 

 

उक्त क्षेत्रमा द्वन्द्वका कारण यति ठूलो संख्यामा नागरिकहरू विस्थापित बनेको यो पहिलो घटना भएको राष्ट्रसंघले जनाएको छ। 

 

रूसी सहयोगमा सिरियाली सरकारी फौजले विद्रोही नियन्त्रित दक्षिणी क्षेत्र खासगरी दारा प्रान्तमा हवाई तथा स्थल आक्रमण गरेको थियो। 

 

ुहामीले करिब ४५ हजार मानिस विस्थापित बनेका अनुमान गरेका छौँ। योभन्दा बढी पनि हुन सक्छ,ु राष्ट्रसंघ मानवीय समन्वय कार्यालय ९ओसिएचए० का प्रवक्त्ता लिन्डा टोमले भने।

 

दक्षिणी क्षेत्रमा सरकारी फौज र प्रतिपक्षी समूहबीच भएका भिडन्तका कारण विस्थापित हुने क्रम पछिल्ला केही दिनमा ह्वात्तै बढेको उनको भनाइ छ।

 

विस्थापित बनेका अधिकांश पूर्वीभाग दाराको बाटो हुँदै जोर्डनी बन्द सिमानातर्फ भागेका छन्। जोर्डनले शरणार्थी राख्न नसक्ने भन्दै केही महिना पहिले सिरियासँगको आफ्नो सिमाना बन्द गरेको थियो। 

 

संयुक्त राष्ट्रसङ्घले यसअघि सिरियाली सरकारी फौज र प्रतिपक्षी समूहबीच लडाइँ चर्केको स्थानमा करिब ७ लाख ५० हजार जनसङ्ख्या रहेको र द्वन्द्वबाट उनीहरूको जीवन खतरामा परेको चेतावनी दिइसकेको थियो। 

 

सिरियामा सन् २०११ मा सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म करिब ४ लाख मानिसको ज्यान गएको र ५० लाख मानिस विस्थापित भएको विभिन्न मानवअधिकारबादी समूहले बताउँदै आएका छन्। 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 10 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।