IIMS College

ISMT

HUB Education

तीन जिल्लामा टेलिकमका सबै सेवा अवरुद्ध !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

खोटाङ । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।

 

हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए । “राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बङ्ग्याएको छ”, उनले भने, “मर्मत गर्नका लागि प्राविधिकहरु चित्रे टावरमा पुगिसके पनि हावाहुरी चल्नेक्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न सकिएको छैन ।”

 

टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन् । टेलिकमको सेवा अवरुद्ध भएपछि अहिले तीनै जिल्लाका सेवाग्राही एनसेल मोबाइल प्रयोग गर्न बाध्य बनेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायलगायतमा ठूलो असर पुगेको छ । 

 

जिल्लामा सञ्चालित अधिकांश बैंक तथा वित्तीय संस्थाले टेलिकमको एडिएसएल सेवा जडान गरेकाले अवरुद्ध हुँदा सेवा ठप्प भएको छ ।

 

टेलिकमको सेवा अवरुद्ध भएपछि जिल्लामा व्यापार–व्यवसायमा समेत असर पुगेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । “अहिले सबै काम टेलिफोन तथा इन्टरनेटमार्फत गरिन्छ”, उनले भने, “टेलिकमको सबै सेवा अवरुद्ध भएपछि काममा अवरोध पुगेको छ ।”

 

सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्ने असरलाई मध्यनजर गर्दै वैकल्पिकरूपमा उदयपुरकै उदयपुरगढीमा रहेको टावरमार्फत बेला–बेलामा सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमले जनाएको छ । पूरै समय सञ्चालनमा ल्याउन टावरले लोड नधान्ने भएकाले बिहान, दिउँसो र बेलुकालाई लक्षित गरेर समय–समयमा मात्र सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।

 

खोटाङ र उदयपुरको सीमानामा पर्ने चित्रेथानबाट माथिल्लो सगरमाथामा पर्ने तीन जिल्लामा लिङ्क पठाउने गरिएको टेलिकमले जनाएको छ । चित्रेको टावर उदयपुर र खोटाङ दुवै जिल्लाबाट अभेगमा रहेकाले पटक–पटक अवरुद्ध हुने गरेको छ ।


थप समाचार

बेलायत आउँदै 'छ माया छपक्कै'

  • 4 hours ago
बेलायत आउँदै 'छ माया छपक्कै'

अल्डरसटको एम्पायर हलमा जनवरी ५ तारिखका दिन दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज इन्टरटेनमेन्टका विरेन खड्काले बताए ।

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 6 hours ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 6 hours ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।