Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘अगस्त्यः च्याप्टर १’ फागुन १८ गतेबाट रिलिज हुने

‘अगस्त्यः च्याप्टर १’ फागुन १८ गतेबाट रिलिज हुने


काठमाडौँ । फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी फागुन १८ गते रिलिज हुने पक्का भएको हो ।

फस्टलुक पोस्टरमा मुख्य कलाकार सौगात मल्लका दुईवटा गेटअप लुक सार्वजिक गरिएको छ । सौगात मल्ललाई सौर्यको पात्रको रुपमा चिनाइएको छ ।

पहिलो पोस्टरमा उनी एक्सन अवतारमा देखिएका छन् । त्यसैगरि, दोस्रो पोस्टरमा उनी रेलवेको छेउमा सडकछाप रुपमा पात्रको रुपमा देख्न सकिन्छ । सौगातका यी दुई लुकले दर्शकहरुमा कौतुहलता थपेको छ ।

यस फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । फिल्मका लागि सौगातले गरेको मेहनेत पोष्टरमा पनि देखिन्छ ।

यस फिल्ममा सौगातको साथै नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतको अभिनय छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार फिल्ममा संजय लामाको छायांकन छ ।

प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी रहेको फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT