Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसाङ्गीतिक प्रस्तुतिको लागि चर्चित भारतीय गायक विनित सिंह नेपाल आउँदै

साङ्गीतिक प्रस्तुतिको लागि चर्चित भारतीय गायक विनित सिंह नेपाल आउँदै


काठमाडौ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन्। उनी आफ्नो ब्यान्ड सहित साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेका हुन्।

दरबारमार्गस्थत क्लब प्लाटिनममा आगामी डिसेम्बर २, शनिवार आयोजना हुने ‘विनिथ सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो चर्चित गीत सङ्गीत राख्नेछन्।

विनीत बलिउडमा दर्जनौँ भन्दा बढी गीत सङ्गीत गाएर चर्चामा छन्। २००३ देखि हालसम्म उनको गति युवा पुस्ताले धेरै रुचाउँदै आएका छन्। एल एन्ड एन मोडेल एजेन्सीको आयोजना रहेको कार्यक्रमले साङ्गीतिक मनोरञ्जन दिलाउनुको अलावा नेपालमा पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ। कार्यक्रमको टिकट एभेन्टोज नेपालले जिम्मा लिएको छ।

कार्यक्रमको सिलसिलामा तीन दिन नेपाल बस्ने बिनितको नेपाल बसाइको क्रममा पशुपतिनाथ दर्शन, नेपाली खानाको स्वाद लिने र पर्यटकीय स्थलको भ्रमण गर्ने समेत कार्यक्रम रहेको आयोजक संस्थापक एल एन्ड एन मोडेल एजेन्सीका सानु खानले जानकारी दिए।

विनितले कार्यक्रममा ‘तेरा प्यार प्यार हुक्कः बार’, ‘तुम चैन हो करार हो’, ‘जलते दिए’, ‘प्रेम लिला’, ‘तु कमाल दि कुडी’ जस्ता गीत गाउने एल एन्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए।

बिनितको कार्यक्रमले नेपालको अर्थतन्त्रलाई केही टेवा पुग्ने विश्वास आयोजकको रहेको छ। कार्यक्रममा बिनितको अलावा नेपालका चर्चित गायक गायिकाको समेत प्रस्तुति रहने क्लब प्लाटिनमका सञ्चालक डेभिडसिंह राजपूतले बताए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT