इमिग्रेसन घटाउने कञ्जरभेटिभको प्रतिबद्धता
- बिहीबार, २८ कार्तिक, २०७६
- 3 weeks ago
- युके




लण्डन । बेलायतमा मध्यावधि निर्वाचनको लागि केहि साता बांकी रहंदा गृहमन्त्री प्रिति पटेलले इमिग्रेसन घटाउनु सत्तारुढ कञ्जरभेटिभ पार्टीको प्रमुख प्रथामिकता रहने बताएकी छन् ।
डिसेम्बर १२ को निर्वाचनमा आफ्नो दललाई बहुमत प्राप्त भए ब्रेक्जिटको प्रक्रिया टुंगोमा पुग्ने र इमिग्रेसन नियन्त्रणमा रहने उनले दाबी गरिन् ।
बिबिसीका अनुसार लेबर पार्टीको इमिग्रेसन नी'तिलाई खुला बोर्डर नीति'का रुपमा आलोचना गर्दै गृहमन्त्री पटेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी हुन् । तर उनले कहिलेसम्म र कसरी कति संख्यामा इमिग्रेसन घटाउने योजना छ भन्नेबारे बताएकी छैनन् ।
यसअघि वार्षिक इमिग्रेसनलाई १ लाखभन्दा लत झार्ने भनी कैयौँपटक गरेको प्रतिबद्धता उनको पार्टी नेतृत्वको सरकारले पूरा गर्न सकेको छैन ।
आसन्न निर्वाचन जितेको खण्डमा आउँदो जनवरी मसान्तसम्म ब्रेक्जिट पूरा गर्ने र सन् २०२१ को सुरुदेखि युरोपबाट फ्रि मुभमेन्ट बन्द गराउने कञ्जरभेटिभ पार्टीको योजना छ ।
बेलायतको भिसा नीतिलाई पोइन्ट बेस्ड सिस्टममा लैजाने र युरोपेली तथा गैरयुरोपेली सबै मुलुकबाट आउने आप्रवासीको लागि समान नीति लागु गरिने बताइएको छ ।
बेलायतलाई आवश्यक पर्ने प्रतिभावान र दक्ष कामदारहरुको लागि थप खुकुलो बन्ने तर समग्र इमिग्रेसन घटाउने कञ्जरभेटिभको नीति रहने गृहमन्त्री पटेलले बताएकी छन् ।
थप समाचार
ग्रीनवीचका भलिबल खेलाडी संगठित
- 9 hours ago

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'
- 10 hours ago

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे
- 10 hours ago

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।
विचित्र विश्व
खुट्टाको आकार र औंलाले बताउँछ तपाईंबारे रोचक पक्षहरू

एजेन्सी । हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ ।