बेलायतमा केन्द्र रहेको एक अन्तर्राष्ट्रिय संस्थाले नेपालमा पनि आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने

लण्डन । बालबालिकाहरूमा हुने क्यान्सर रोगको उपचारार्थ सहयोग गर्ने   बेलायतमा  केन्द्र रहेको एक अन्तरास्ट्रिय संस्थाले नेपालमा पनि आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने  भएको छ ।  

 

“वर्ल्ड चाइल्ड क्यान्सर” नामको संस्था अफ्रीका तथा एसियाका विभिन्न गरिव रास्ट्रहरुका बालबालिकामा भएको क्यान्सर बिरुद्ध सहयोग गर्दै आएको संस्था हो ।

 

उक्त संस्थाले “युके एड म्याच अपिल” मार्फत नेपालमा पनि सहयोग बिस्तार  गर्ने भएको छ । 

नेपालमा हरेक बर्ष करिव १२०० बालबालिकामा क्यान्सर हुने, विकासोन्मुख देशहरूमा क्यान्सर लागेका १० प्रतिशत बालबालिका मात्र बच्ने गरेको तथ्य प्रस्तुत गर्दै संस्था द्वारा जारी प्रेस विज्ञप्तिमा विकसित देशहरुका ८० प्रतिशत क्यान्सर पिडित बालबालिका बाच्ने गरेको तथ्य सार्वजनिकगरेको छ । 

 

वर्ल्ड चाइल्ड क्यान्सर संस्थाले धनि र गरिव रास्ट्रहरू बिचको क्यान्सर पिडित बालबालिकाहरूमा हुने मृत्युदरको अन्तरमा कमी गर्न “क्लोज द क्यान्सर ग्याप” अर्थात क्यान्सरको दुरी कम गरौँ भन्ने अभियान नेपालमा पनि चलाउने भएको छ । 

 

उक्त अभियान संगै अब यो संस्था २१ अक्टोबर , २०१९ देखि आधिकारिक रूपमा क्यांसर पिडित बालबालबालिकाहरूको सहयोगार्थ नेपालमापनि काम गर्ने भएको छ । 

 

“बालबालिकामा क्यान्सर लागेको पहिलो चरणमा नै सहि पहिचान गर्न सकिए सत प्रतिशत निको पार्न साकिने भन्दै रोगको पहिचान र उपचारको सहयोग गर्नु नै वर्ल्ड चाइल्ड क्यान्सर संस्थाको मुख्य उदेश्य हो । कम आयस्रोत भएका देशमा जन्मिनु अभिसाप हैन,पिडित  बालबालिकालाई  समयमा नै उपचार उपलब्ध गराई अकाल मृत्युबाट बचाउनु सबैको कर्तब्य हो“ भन्दै   सक्दो सहयोग गर्न संस्थाका प्रबन्ध निर्देशक जोन रोसरले उक्त प्रेस वक्तव्य मार्फ़त अनुरोध गरेका छन । 

 

संस्था मार्फत आगामी २१ जनवरी भन्दा अघि नेपालका क्यान्सर पिडित बालबालिकाहरुका  लागि गरिने कुनै पनि च्यारिटी सहयोग रकम बेलायत सरकारद्वारा थपेर दोब्बर बनाइदिने  बताईएको छ । 


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 4 hours ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 4 hours ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 5 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।