IIMS College

ISMT

HUB Education

डिजिटल बन्दै बेलायतको भिसा सर्भिस, फिन्गरप्रिन्ट र डकुमेन्ट अपलोड अलनाइनबाटै

  • आइतबार, २० जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । बेलायत सरकारले आफ्नो भिसासम्बन्धी सेवालाई डिजिटल प्रविधियुक्त बनाउने भएको छ । 

 

होम अफिसले भिसा सेवालाई डिजिटल बनाउने उद्धेश्यले सोप्रा स्टेरिया नामक आइटी कम्पनीसंग एक समझदारीमा हस्ताक्षर गरेको छ । सोहि कम्पनीको प्राविधिक सहयोगमा डिजिटल भिसा सर्भिस उपलब्ध गराइनेछ । 

 

भिसा आवेदनको प्रक्रियामा बायोमेट्रिक्स र डिजिटल फाइललाई प्राथमिकतामा राखेर नयां व्यवस्था सुरु गर्न लागिएको हो । 

 

नयां सुविधाअनुसार बेलायतभरका विभिन्न ५६ पुस्तकालयसहित कुल ६० स्थानहरुबाट यो सेवा उपलब्ध गराइनेछ । हरेक आवेदकले आफ्नो एक अपोइन्टमेन्टमै सबै प्रक्रिया पूरा गर्न सक्नेछन् । भिसा आवेदकहरुले भिसा आवेदन गर्ने अपोइन्टमेन्ट पूर्व नै आफ्नो फिन्गरप्रिन्ट र डिजिटल फाइलहरु अनलाइनबाटै अपलोड गर्न समेत पाउनेछन् । 

 

इमिग्रेसन मन्त्री क्यारोलिन नोक्सले भिसा आवेदनको प्रक्रियालाई छिटो र सजिलो बनाउने उद्धेश्यले नयां व्यवस्था ल्याइएको बताइन् । 

 

हामी यूकेभिआईका सेवाग्राहीहरुको लागि सुविधाजनक र विश्व स्तरको सेवा उपलब्ध गराउन आतुर छौं, सोप्रा स्टेरियासंगको सहकार्यमा हाम्रो उद्धेश्य पूरा हुनेछ, मन्त्री क्यारोलिनले भनिन् । 

 

नयां डिजिटल सेवा सुरु भएपछि पनि कागजी आवेदन गर्न चाहनेहरुले पनि पहिलेको जस्तै आवेदन गर्न पाउनेछन् । नयां डिजिटल सेवा यहि वर्षको अक्टोबरदेखि सञ्चालनमा आउनेछ । 

 

 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 34 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 40 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 53 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।