ISMT

HUB Education

एनआरएन अष्ट्रेलियालाई वकिलको चिठ्ठी, निर्वाचनकोे नतिजा र सपथ रद्द गर्न माग

Education Park

 

Kathmandu Trade Show

 

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका केही सदस्यहरुले यसको हालै सम्पन्न निर्वाचनको विषयमा कानूनी बाटोबाट उजुरी गरेका छन् । एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेलाई सम्बोधन गर्दै वकिलको एक पत्र आएपछि एनआरएन यतिबेला आन्तरिक छलफलमा जुटेको छ ।

 

अष्ट्रेलियाका एक वकिलले ति उजुरीकर्ता सदस्यहरुको तर्फबाट एनआरएन अष्ट्रेलियाका अध्यक्षलाई पठाएको पत्रमा उजुरी गर्ने सदस्यहरुको संख्या समेत बढ्ने दावी गरिएको छ । गएको निर्वाचन विधान विपरित गरिएको, यसको विधानमै पनि पाँच पटक हेरफेर गरिएको र यस्तो परिवर्तन गर्दा सदस्यहरुलाई कुनै जानकारी नदिइएको आरोप छ ।

 

निर्वाचन समिति निर्माण गरेपछि पनि यो समितिमा हेरफेर गरिएको आरोप अर्को बुँदामा लगाइएको छ । एनआरएन आईसीसीको विधानको हवाला दिँदै निर्वाचनमा भाग लिएको बखत कुनैनि राजनीतिक, विभेदकारी र धार्मिक संस्थाहरुबाट राजीनामा दिएको हुनुपर्ने प्रावधान लागू नभएको दावी गरिएको छ । उदाहरणको रुपमा भिक्टोरियाको निर्वाचन कमिटीमा सदस्य रहेकी र पछि राजीनामा गरी उम्मेद्वारी दिएकी माधुरी मास्केलाई प्रस्तुत गरिएको छ । एनआरएन अष्ट्रेलिया नै गैरराजनीतिक संस्था भएको र यसमा कुनैपनि राजनीतिक समूहका आधारमा निर्वाचनमा सामेल हुन नपाइने प्रावधानलाई समेत मिचिएको उक्त पत्रमा दावी गरिएको छ ।

 

यसले गर्दा पनि निर्वाचनको नतिजा रद्द गर्नुपर्ने माग गरिएको छ ।यस्तै सदस्यले आफु बाहेक अन्यको सदस्यता वापतको शुल्क तिर्न नमिल्ने प्रावधानलाई उद्धृत गर्दै केही व्यक्तिहरुले १ सय ५० जनासम्मको शुल्क तिरेको उदाहरण पनि उक्त आरोप पत्रमा दिइएको छ । त्यसपछि अर्को ६९ जनाको एकै व्यक्तिले तिरेको, ५५ जनाको एउटा ट्राभल्स कम्पनीले तिरेको, लगायतका उदाहरणहरु प्रस्तुत गरिएका छन् ।

 

यिनै कारणहरुबाट निर्वाचन रद्द गर्नुपर्ने, सपथग्रहण कार्यक्रम रोक्नुपर्ने, संस्थाका खाताहरुबाट रकम नचलाउन र नयाँ निर्वाचन नभएसम्म एनआरएन अष्ट्रेलियाका कुनैपनि सम्पत्ति यथास्थितिमा राख्न पनि माग गरिएको छ ।

 

५ अगष्ट सोमबार लेखिएको यो पत्रलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले आफ्नो कार्यसमितिमा राख्दै यसका लागि ३० हजार डलरसम्मको कानूनी खर्च लाग्नेभएकोले तयार रहन कार्यसमितिलाई आग्रह गरिसकेका छन् । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष टोनु घोतानेले एनआरएन जस्तो ठूलो संस्थामा यस्ता किसिमका सानातिना समस्याहरु आउनु नौलो नभएको भन्दै यसको कानूनी पक्षमा आफुले परामर्श गरिरहेको बताए । उनले चिठ्ठीको पूर्ण अध्ययन गरिसकेपछि र कानूनी सल्लाह लिइसकेपछि मात्रै प्रतिक्रिया दिन सकिने बताएका छन् ।

source:mntvonline


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 5 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।