नेपाल भ्रमण वर्ष सफल पार्न माल्टामा पनि गठन भयो समिति

  • मंगलबार, ३ बैशाख, २०७६
  • 1 year ago
  • युके

 

लण्डन । नेपालको पर्यटन प्रबर्द्धन  गर्ने तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने लक्ष्यसहित माल्टामा पनि एक समिति गठन भएको छ । 

 

माल्टाको लागि समेत जिम्मेवारी सम्हालेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन  माल्टा समिति गठन गरिएको हो । 

 

लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन र सैनिक सहचारी कुमारबाबु थापाको माल्टा भ्रमणका क्रममा उक्त समिति गठन गरिएको लण्डन दूतावासले जनाएको छ । 

 

समितिमा गैरआवासीय नेपाली संघ माल्टाको कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरु पदेन सदस्य रहनेछन् । समितिको संयोजक गोविन्द खरेल तथा सदस्यहरुमा प्रकाश भण्डारी, शर्मिला बस्नेत, राजेन्द्र भण्डारी, रहरमान  तामाङ , लक्ष्मण रोका, उषा घिमिरे, नरेश चौधरी, नहकुल गौतम, विकास गौतम , विन्देश्वरी सुवेदी र बेदुराम भण्डारी छन् । 

 

समितिको सदस्यसचिव लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन रहनेछन् । समितिको गठनको क्रममा एनआरएन आइसिसीका सहकोषाध्यक्ष सोम सापकोटाको समेत उपस्थिति थियो । 

 

यसअघि बेलायतमा पनि राजदूत डा सुवेदीकै अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मुल समिति बेलायत गठन भएको छ । जुन समितिअन्तर्गत रहेर अन्य २२ वटा विषयगत समितिहरु समेत गठन गरिएको छ । 

 

 


थप समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

  • 45 minutes ago
बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । बाँकेको अगैयामा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । भारतबाट आएको कारणले संक्रमण जोखिम हुनसक्ने भन्दै परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

  • 1 hour ago
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपचारर्त एक महिलालाई पाटन अस्पताल लगिएको छ । ६१ वर्षीया महिलामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल लगिएको हो ।

मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • 1 hour ago
मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्सी– ६ तालागाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार बिहान १२ बजेको समयमा आफ्नै मकै बारीबाट मकै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।