IIMS College

ISMT

HUB Education

भ्रमण वर्षको प्रचारका लागि विशेष कार्यक्रम गर्दै वेल्स नेपाली समाज

  • सोमबार, २० माघ, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

वेल्स । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि वेल्सका नेपालीहरुले सक्रियता बढाएका छन् । 

 

स्थानीय नेपालीहरुको संस्था वेल्स नेपाली समाज यूकेले आउँदो जुन ६ तारिखमा स्थानीय पेनी फान माउन्टेन बेस क्याममा एक विशेष कार्यक्रम गर्ने भएको छ । 

 

वेल्सभित्रबाट मात्र नभएर सिंगो बेलायतबाट पर्यटकहरु पुग्ने र क्याम्पिंग गरेर बस्ने उक्त माउन्टेनको बेस क्यामस्थित ब्रेकन नेसनल पार्कमा कार्यक्रम गरिने भएको हो । 

 

त्यसअवसरमा नेपालको पर्यटन र नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि विभिन्न ब्यानर, पोस्टर, तस्विर प्रदर्शन गर्नुका साथै पर्चाहरु  समेत वितरण गरिनेछ । 

 

आइतबार समाजका अध्यक्ष अमृत घलेको अध्यक्षतामा बसेको समाजको बैठकले यो कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रमले स्थानीय वेल्स समुदाय र पर्यटकहरमाझ समेत नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने विश्वास अध्यक्ष घलेले व्यक्त गरेका छन् । 

 

बेलायतमा भ्रमण वर्ष प्रचारप्रसारका लागि लण्डनस्थित नेपाली दूतावासको समन्वयमा विभिन्न क्षेत्रमा समितिहरु गठन भएका छन् । 

 

वेल्समा मेजर खुशीमान गुरुङ एमभिओ संयोजक र शोभा राणा पोखरेल सचिव रहेको समितिसंग समेत कार्यक्रमका लागि सहकार्य हुने समाजले जनाएको छ । 

 

नेपाल भ्रमण वर्ष सफल पार्ने उद्धेञ्यमा अहिले वेल्स नेपाली समाजको सिंगो कार्यसमिति नै यसको तयारीमा जुटेको छ । अमृत घलेको अध्यक्षतामा रहेको कार्यसमितिमा उपाध्यक्ष निरलाल मोक्तान , सचिव अमरध्वज मल्ल , लक्ष्मी केसी , कोषाध्यक्ष विभुषनमान श्रेष्ठ , शोभा राना पोखरेल , बल थापा , श्याम ब गुरुङ , प्रकाश गुरुङ , कल्पना कन्दवा , पदम पुन , राजेश राई , कुलदिप सापकोटा  र एनआरएन यूकेका राज्य समन्वय विभाग वेल्सका बलराम अधिकारी छन् । 

 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 4 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 4 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 4 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।