Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तानमा सडक दुर्घटनामा परी २४ जना यात्रीको मृत्यु

अफगानिस्तानमा सडक दुर्घटनामा परी २४ जना यात्रीको मृत्यु


एजेन्सी । अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले बिहीबार जानकारी दिएका हुन् ।

चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको उक्त दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पु¥याइएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा बुधबार भइको यो दोस्रो सडक दुर्घटना हो । यसअघि बुधबार बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका थिए । भीडभाड भएका सडकहरूमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा अफगानिस्तानमा प्रायः घातक दुर्घटना हुने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT