IIMS College

ISMT

HUB Education

कालो चिया नै किन पिउने ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

 

संसारभर नै हिजोआज धेरै जसो स्वास्थ्यमा हेक्का राख्नेहरु कालो चिया अर्थात् ‘ब्ल्याक टी’ सेवनमा लागेका छन् । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउँछन्।

 

भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउँछन्।

 

कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् ।

 

अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउँछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।

 

मुटु जोगाउँछ– मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा मुटुजन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।

 

डाइरिया रोक्छ – कालो चियामा भएको क्षारीय गुणले पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरिया पीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

 

दम – तातो झोलपदार्थले दमका रोगीहरुलाई आराम दिन्छ । यसले उनीहरुलाई श्वासप्रश्वास राम्रोसँग गर्न सहयोग गर्छ ।

 

पाचन समस्या हटाउँछ – यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।

 

कोलेस्टेरोल घटाउँन मद्दत गर्छ – अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा नियमित रुपमा कालो चिया सेवन गर्नेमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ।

 

स्तन क्यान्सर हुन दिँदैँन – ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ।

 

मुख स्वास्थ्यमा सहयोगी – टी ट्रेड हेल्थ रिसर्च एशोसियसनको सहयोगमा गरिएको एक अध्ययनले ब्ल्याक टीले दाँतमा फोहोर निर्माण हुन दिँदैन र ब्याक्टेरिया उत्पादन रोक्छ । कालो चियामा पाइने पोलिफेनाइल तत्वले सडन हुन जिम्मेवार मानिएको ब्याक्टेरिया मार्छ । यसका साथै ब्ल्याक टीले मधुमेहको खतरा कम गर्छ, रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र तनाव कम गर्न मद्दत गर्छ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 1 hour ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 1 hour ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 2 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।