उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

  • बिहीबार, ३० फागुन, २०७५
  • 4 months ago
  • नेपाल
Education Park

हुम्ला । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उनको उद्धार गरिएको छ । 

 

कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताइन् । 

 

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र वाहिर निस्किए पनि उहाँले शिशु जन्माउन सकिएन । आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पु¥याएका थिए । तर ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताइन् । 

 

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ । 


थप समाचार

विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा

  • 8 minutes ago
विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा परेको छ ।

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

  • 14 minutes ago
टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रि

लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

  • 26 minutes ago
लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।