IIMS College

ISMT

HUB Education

नेपाल र भारतमा शाओमीको ल्यापटपले इन्ट्री गर्दै !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । पछिल्लो समय नेपाली र भारतीय बजारमा स्मार्टफोन र स्मार्ट टिभी मार्केटमा चिनिया कम्पनी शाओमी (Xiaomi)ले कब्जानै जमाउन थालिसकेको छ । यसैबीच शाओमीले भारत र नेपाली ल्यापटप बजारमा पनि इन्ट्री गर्ने तयारी गरिरहेको छ । 

 

अहिलेको समयमा शाओमीको ल्यापटप चीनमा मात्रै उपलब्ध छ । तर, कम्पनीले अब भारत र नेपाली बजारमा पनि रेड्मीबुक (RedmiBook) को लागि ट्रेडमार्क फाइनल गरेको छ । 

 

शाओमी (Xiaomi)को एमआई ल्यापटप्स (Mi Laptops) को कम्पनी बजेट सेगमेन्टमा सार्वजनिक गर्नसक्नेछ । यसमा केही गेमिङ बस्ड ल्यापटप पनि हुनसक्छ । रिपोर्टका अनुसार भारतको इन्टेलेक्चुअल प्रोपर्टी पोर्टलमा शाओमीद्वारा फाइनल गरिएको ट्रेडमार्क देखिएको छ । 

 

सोही ट्रेडमार्क अनुसार यसै वर्ष भारत र नेपालमा शाओमीले आफ्नो पहिलो ल्यापटप सार्वजनिक गर्नसक्नेछ । चीनमा २०१९ काृ डिसेम्बरमा रेड्मीबुक १३ (RedmiBook 13) सार्वजनिक भएको थियो । 

 

उक्त ल्यापटपमा १३.३ इञ्चको फुल एचडी डिस्प्ले दिइएको छ । रेड्मीबुक १३ (RedmiBook 13) मा 10th Gen Intel Core i5  र i7 प्रोसेसरको अप्शन दिइएको छ । यसमा ५१२ जीवी एसएसडी दिइएको छ । त्यस्तै आठ जीवी –याम दिइएको छ, भने ग्राफिक्सको लागि डेडिकेटेड Nvidia MX250 दिइएको छ ।

 

यस ल्यापटपलाई फुल चार्ज गरेपछि ११ घण्टासम्म चलाउन सकिनेछ । यसमा 40Whr को ब्याट्री दिइएको छ । यसमा 65W को फास्ट चार्जर दिइएको छ । कम्पनीले ३५ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिने दाबी गरेको छ । यस ल्यापटपको मूल्य ४,४९९ युआन तोकिएको छ ।


थप समाचार

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 5 minutes ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 43 minutes ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या

‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

  • 1 hour ago
‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

काठमाडौँ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गर्न शुरु गरेका छन् । लकडाउनका कारण काम ठप्प भएपछि ह



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।