बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

Education Park

काठमाडौँ । 

 

पञ्चायत सुने, बहुदल र गणतन्त्र भोगे,

 

तर देश र जनताको निस्वार्थ रुपमा माया गर्ने 

 

नत कुनै नेता भेटे नत अरु कोही।।।

 

त्यसैले भन्न मन लाग्यो

 

लुट्न सके लुट कान्छा लुट्न सके लुट 

 

अरु देशमा पाईदैन नेपालमै हो छुट 

 

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक शर्माले बिहीबार मात्रै देशको परिस्थितिको चित्रण गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरेका थिए । यो गीत युट्युबमा सार्वजनिक भएसँगै बालुवाटरमा खैलाबैला मच्चिएको थियो ।

 

सरकारमाथि एकोहोरो व्यंग गरेको र सरकारले गरेका राम्रा कामहरु जति ओझेलमा पारेको भन्दै उनको गीत युट्यवबाट निकाल्न निष्कर्ष निकालिएको केही मिडियाले समाचार प्रकाशन गरेका थिए । नभन्दै शनिबार बेलुका उक्त गीत युट्युबाट निकालिएको छ । 

 

सामाजिक विसंगतीहरुलाई व्याङ्यत्मक रुपमा प्रस्तुत गरिएको गीतमा शब्द संगीत स्वर पशुपति शर्माकै रहेको छ। गीतमा शर्माले ३३ किलो सुन काण्ड, वाइडबडी विमान खरिदमा भएको घोटल, राष्ट्रपतिको लागि किनिएको हेलिकप्टर लगायतका कुराहरुको बारेमा व्याङ्य प्रस्तुत गरिएको थियो । 

 

गीतलाई गायक शर्माकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो । 

 

 

  

 


थप समाचार

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

  • 28 seconds ago
टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रि

लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

  • 12 minutes ago
लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।

चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

  • 57 minutes ago
चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

विगतका वर्षमा जस्तै मेरिडियन स्पोर्ट क्लबको खुला मैदानमा आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक मुख्य आकर्षण रहने भएका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।