News | Tag: अपहरण

मानव अधिकार आयोगमा सांसद यादवले ‘अपहरण’को उजुरी दिए

3 weeks ago

काठमाडौँ । ‘अपहरण’मा परेका भनिएका जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । नेकपा सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूलाई महोत्तरीबाट अपहरण गरेको भन्दै बुधबारआयोगको कार्यालय पुगेर उजुरी दिएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले पनि ‘अपहरण’ मुद्धाको जाहेरी लिएन

4 weeks ago

काठमाडौँ । सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ मुद्धाको जाहेरी काठमाडौँको जिल्ला सरकारी वकिलको कार्यालयले पनि लिएको छैन । मंगलबार दिउँसो जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु पुगेको भए पनि वकिलको कार्यालले उजुरी नलिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौँले जाहेरी दर्ता गर्न नमानेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए ।

जसपाका नेताहरु ‘अपहरण’को जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे

4 weeks ago

काठमाडौँ । सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ मुद्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौँको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले जाहेरी दर्ता गर्न नमानेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका हुन् । नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धले पार्टी फुटाउनको लागि यादवलाई वैशाख १० गते अपहरण गरेको भन्दै यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

सांसद अपहरणको मुद्दा दर्ता गर्न जनता समाजवादीका नेताहरु प्रहरी कार्यालय पुगे

1 month ago

काठमाडौँ । सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव अपहरणमा परेको भन्दै जनता समाजवादी नेपालका नेताहरू प्रहरीमा जाहेरी दिन पुगेका छन् । सांसद यादवसहित पार्टीका शीर्ष नेताहरु आइतबार दिउँसो महानगरीय प्रहरी परिसर, काठमाडौँ पुगेका हुन् । समाजवादीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालले यादवलाई अपहरण गरेको आरोप लगाउँदै आएका छन् ।

श्रीमतीसहित अपहरणमा परे ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष

5 months ago

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही श्रीमतिसहित अपहरणमा परेका छन् । शाही दम्पत्ति आइतबार बिहान आफ्नै निवासबाट अपहरणमा परेका हुन् ।

अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, अपहरणमा संलग्न ५ जना पक्राउ

5 months ago

मकवानपुर । अमलेखगञ्जबाट ट्याक्सीमा काठमाडौँतर्फ जाँदै गर्दा अपहरणमा परेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ भने अपहरणमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ ।

बुटवल प्लाजाकाे काेठा नं. १०३ बाट अपहरित बालिकाकाे उद्धार

11 months ago

बुटवल । अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।

चार सन्तानकी आमालाई विहे गर्नकै लागि ९ वर्षीया छोरीको अपहरण !

11 months ago

काठमाडौं/एजेन्सी । आफ्नो माया पाउनका लागि पागल प्रेमि/प्रेमिकाहरुको के–केसम्म गर्नसक्छन् भन्ने कुरा हामीले धेरै सुन्दै आएका छौं । यस्तै एउटा घटना सार्वजनिक भएको छ, हाम्रो छिमेकी मुलुक भारतको रोहिणीको विजय विहार इलाकामा ।

अपहरणमा परेका ८ वर्षीय बालकको हत्या, संलग्न तीन जनामाथि प्रहरीको गोली !

11 months ago

वीरगञ्ज । अपहरणमा परेका एक बालकको हत्या भएको छ । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ का स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो ।

विप्लवका कार्यकर्ताद्वारा नेपाली सेनाका जवान अपहरण– एक महिनासम्म गुपचुप राखियो

1 year ago

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ ।

Page 1 of 2

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।