News | Tag: Bhaktapur

दुई बालिका बलात्कार आरोपमा भक्तपुरबाट दुई युवक पक्राउ

1 month ago

काठमाडौँ । गेष्ट हाउसमा लिएर बालिका बलात्कार गरेको आरोपमा भक्तपुरबाट आज दुईजना युवक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका घर भएर मुलढोकास्थित डेरा गरी बस्ने १३ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको बताइएको छ ।

भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण हुने

3 months ago

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

भक्तपुरमा तरूल मेला

5 months ago

भक्तपुर काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ ।

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना

5 months ago

भक्तपुर । काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नेकपाका नेता खड्कामाथि नाताले भान्जी पर्ने युवती बेपत्ता बनाएको आरोप

7 months ago

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी एक युवती एक हप्तादेखि हराइरहेकी छन्। माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन्। पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए।

भक्तपुरमा द्रुत गतिमा चलाएको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया वृद्धाको मृत्यु

10 months ago

भक्तपुर । सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् । द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोक चौताराकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ र मैया श्रेष्ठलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा लक्ष्मीको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सूर्यविनायक र लोकन्थलीमा राखेको बम निष्क्रिय पारियो

10 months ago

भक्तपुर । सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

टोलटोलमा घुमाएर भक्तपुरमा राक्षस मारियो

10 months ago

भक्तपुर । प्रत्येक श्रावण कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व बिहीबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्याएर जलाएर पर्व मनाएको हो ।

भक्तपुरमा दुर्घटनामा परेको कारमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु तीन घाइते

10 months ago

भक्तपुर । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौंबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ ।

बर्षाको कारण भक्तपुरको यी स्थानमा सडक अवरुद्ध

11 months ago

काठमाडौं । अविरल बर्षाको कारण भक्तपुरको हनुमन्ते खोलामा गएराती पानीको वहाव बढ्दा भक्तपुरको विभिन्न स्थान जनमग्न भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हयाणी, नगरकोट जाने नयाँबाटो लगायतका क्षेत्र जलमग्न भएको हो ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।