News | Tag: arrested

धारिलो हतियार देखाई लुटपाट गर्ने तीन जना पक्राउ

3 days ago

काठमाडौँ । लुटपाट गर्दै हिड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका– ८ मातातिर्थ बस्ने ३८ वर्षीय नवराज तामाङ, काठमाडौं नैकाप बस्ने नुवाकोट घर भएका २८ वर्षीय दिपेश भन्ने सन्तबहादुर तामाङ र काठमाडौं मातातिर्थ बस्ने ३६ वर्षीय बिक्रम श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

साढे १४ लाख बराबरको सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

3 days ago

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे १४ लाख बराबरको सुनसहित एक महिला पक्राउ परेकी छिन् । आइतबार विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई भन्सार छली उक्त सुन भित्र्याउन लाग्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ जिल्ला तत्कालिन नौविसे गाविस वडा नं– ६ जन्मस्थान भई काभ्रेको गोकुले गाविस वडा नं. १ बस्दै आएकी ३३ वर्षीय मुना श्रेष्ठ रहेकी छिन् ।

पाखुरामा लुकाइएको डेढ किलो सुन सहित चार महिला विमानस्थलबाट पक्राउ

3 days ago

काठमाडौँ । पाखुरामा लुकाई डेढ किलो सुन सहित चार जना विदेशी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छन् । पक्राउपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ भएका चारै जनाका बारेमा थप जानकारी प्राप्त भएको छैन । सुन पाखुरामा लुकाएर ल्याउने क्रममा दुई जना कम्बोडियन र दुई थाई महिला नागरिकलाई विमानस्थलमा पक्राउ भएका बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थलबाट साढे ७ लाख मूल्य बराबरको सुनको बालासहित एक जना पक्राउ

6 days ago

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढ ७ लाख मूल्य बराबरको सुनको बालासहित १ जना नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा बुधबार राति सर्लाही जिल्ला सुन्दरपुर गाउँपालिका ४ घर भएका ३२ वर्षीय शेष सरफास्जालाई विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले पक्राउ गरेको हो ।

२ सय १२ केजी लागूऔषध सहित यादव र गुर्मछाने पक्राउ

2 weeks ago

हेटौंडा । प्रहरीले २ सय १२ केजी अवैध लागूऔषध गाँजासहित ३६ वर्षीय रामजस यादव र सहचालक १९ वर्षीय उज्वलबहादुर गुर्मछानेलाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका– ३ तिनताप्केबाट ना.३ च ३७६९ नम्बरको बोलेरो चालक यादव तथा गुर्मछानेलाई पक्राउ गरेको हो ।

समाचार सङ्कलनका लागि पुगेका पत्रकार अधिकारी पक्राउ

3 weeks ago

कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

झापाको कचनकवलबाट यौनवद्र्धक औषधिसहित चार पक्राउ

3 weeks ago

सुरुङ्गा । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भूमाफियालाई सघाएको आरोपमा आठ सरकारी कर्मचारी पक्राउ

1 month ago

राँझा । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

घुस मागेकाे अभियाेगका प्रहरीका असई पक्राउ

2 months ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

पाँच लाखसहित जुवा खेलिरहेका १५ जना समातिए, बयान लिने काम हुँदै

3 months ago

काठमाडौ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।

Page 1 of 3

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।