Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैनः अध्यक्ष बस्नेत

पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैनः अध्यक्ष बस्नेत


काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज र जनताप्रति पत्रकारिताको ठूलो दायित्व हुने भएकाले आफ्नो धर्म छाड्न नहुने धारणा राखेका छन्।

नेपाल प्रेस काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता कार्यान्वयनको २८औँ शृङ्खलामा अध्यक्ष बस्नेतले समाजप्रति जिम्मेवारी निर्वाह गर्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताए। उनले राज्य र अन्य निकायले नसुनेका समस्या सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिए।

“सरकार र विभिन्न क्षेत्रले नसुनेका कुराहरु सञ्चारमाध्यममा आइदिए हुने थियो भन्ने धेरैको चाहना हुन्छ, सत्य कुरा बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको भर परेका हुन्छन्”, उनले भने, “पत्रकारिताले आफ्नो धर्म छाड्ने र आचारसंहिताको पालना नगर्ने हो भने समाज र जनताले गरेको विश्वासप्रति ठूलो धोका हुन्छ।”

छापा सञ्चारमाध्यमलाई परिष्कृत गर्दै डिजिटल माध्यमलाई समृद्ध बनाउने अवस्थामा आइपुगेको हुनाले अनलाइन पत्रकारितालाई स्वागत गर्नुपर्ने समय भएको उनले उल्लेख गरे। “डिजिटल मिडियाको विकल्प छैन, पत्रकारको हो? भन्ने समाजमा प्रश्न उठिरहेको छ”, उनले भने, “युट्युवलगायतका सामाजिक सञ्जालका कारणले पत्रकार को हो भनेर प्रष्ट पार्न जरुरी देखिएको छ, त्यसबारेका काउन्सिलले गृहकार्य गरिरहेको छ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र हो भन्ने भाष्य स्थापना गर्न जरुरी भएको बताए। “अन्य क्षेत्रमा पनि श्रमको उचित मूल्य पाएका छैनन्, तर त्यो आवाज उठाउने सञ्चार क्षेत्रमा श्रमको शोषण हुनु हुँदैन”, उनले भने, “अरूका लागि पनि आवाज उठाउने सञ्चार क्षेत्रमै समस्या भयो भने कसरी आवाज उठाउन सकिन्छ?”

पत्रकारिताप्रतिको जनविश्वास अझ बढाउने गरी काम गर्नका लागि सञ्चारगृह सञ्चालकलाई आग्रह गर्दै उनले पत्रकारिताको स्तर खस्किन नदिने गरी काम गर्नुपर्ने र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याए।

सञ्चार संस्था सञ्चालन गर्दा श्रमको सम्मान गर्दे आर्थिकरुपमा सक्षम भएर मात्र सञ्चारमाध्यम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। साथै श्रमिकले काम गरेबापत पैसा लिन अदालतमा मुद्दा हाल्न जानुपर्ने अवस्था सही नभएको उनको भनाइ छ।

“मिडियामा काम गर्ने अनि पैसा लिन अदालतमा गएर मुद्दा हाल्नुपर्ने अवस्था छ”, उनले भने, “अदालतले आदेश दिँदा पनि श्रमजीवि पत्रकारले पैसा नपाएको अवस्था देखिएको छ।” उनले श्रमिक र सञ्चालकबीच न्यायिक सम्बन्ध हुनुपर्नेमा जोड दिँदै त्यो भनेको श्रमको सम्मान भएको बताए।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय तारानाथ दाहाल र डा महेन्द्र विष्टले पनि पत्रकारले आचारसंहिताको प्रभावकारी कार्यावन्यन गर्नुपर्ने विषयमा आ–आफ्नो प्रस्तुति दिए।

काउन्सिलले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पालना गराउने उद्देश्य आज ४६ वटा अनलाइनका प्रकाशक र सम्पादकलाई अभिमुखीकरण गराएको छ। काउन्सिलले हालसम्म आठ सय ७६ अनलाइनलाई पत्रकार आचारसंहिताको कार्यान्वयन र पालनाका लागि अभिमुखीकरण गराइसकेको आचारसंहिता अनुगमन महाशाखाका प्रमुख रामशरण बोहराले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले

पौडेल र मिश्र सचिवमा बढुवा

काठमाडौँ । नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवा गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त

संसदमा गृहमन्त्रीलाई बोल्न दिएपछि छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव

प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न चार बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ४

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा

Techie IT