कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्नेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुख खापुङले यसका लागि यही साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेसम्मको समय तोकेका छन्।
गत असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले साउन ११ को पूर्ण इजलाशबाट जनु विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत् तवरले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।
“विसं २०८० साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नु भन्ने परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गरिएको हो’, जारी विज्ञप्तिमा भनिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित
काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे