Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थवीरगञ्जज इन्ष्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसनबीच सम्झौता

वीरगञ्जज इन्ष्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसनबीच सम्झौता


काठमाडौँ। वीरगञ्ज इन्ष्टिच्यूट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसन बीच शिक्षा र रोजगारी जोड्ने सम्बन्धमा सम्झौता भएको छ। शिक्षा र रोजगार जोड्न निजी क्षेत्रले स्टील फ्याब्रिकेसन सम्बन्धी तालिम तथा रोजगार दिने र वीरगञ्ज इन्ष्टिच्यूट अफ टेक्नोलोजीले दक्ष विद्यार्थी पठाउनेबारे सम्झौता भएको हो। स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको उपलक्ष्यमा यस्तो सम्झौता भएको हो।

सम्झौता अनुसार तालिम–व्यावसायिक शिक्षा र निजी क्षेत्र बीचको श्रम बजारको बेमेललाई कम गरी व्यावसायिक तालिमलाई सोझै रोजगारसँग जोड्ने लक्ष्य रहेको वीरगञ्ज इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक निरज श्रीवास्तवले जानकारी दिए।

दिवाकर गोल्छा कर्पोरेसनले समग्र क्षेत्रमा दिगो रुपमा योगदान गर्दै जाने लक्ष्य राखेको हुलास स्टीलका वित्तीय प्रमुख सुनिल मनौतले बताए। नेपाल उद्योग परिसंघको मेक इन नेपाल स्वदेशी अभियानको एक प्रमुख अभियान्ताको रुपमा दिवाकर गोल्छा कर्पोरेशन समेत रहेको उनले बताए।

नेपाली कामदारले पनि निजी क्षेत्रको माग अनुसार तालिम पायो भने भारत लगायत अन्य मुलुकमा रहेको श्रमको निर्भरतालाई कम गर्ने र नेपाली कामदारले पनि उचित श्रम ज्याला र श्रम सम्मान पाउने वीरगन्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले बताए।

स्व. गोल्छाको जन्म जयन्तिको उपलक्ष्यमा हिप्को सुपरबिल्डमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT