Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेकपा एसको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक

नेकपा एसको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ ।

आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै केही दिन पहिले स्थगित गरिएको सूचना गरिएकामा यी बैठक यही साउन १९ गतेदेखि सुरु गरिने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सचिवालय बैठक यही साउन १९ गते बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बस्ने भएको छ ।

त्यसैगरी स्थायी कमिटी बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा, पोलिटब्युरो आउँदो भदौ ३ र ४ गते पार्टी केन्द्रीय कार्यालय तथा केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजे कान्तिपुर गार्डेन ब्याङ्क्वेट, बालकुमारी, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा रिपोर्टिङ राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायत विविध विषयमा छलफल गरिने सो पार्टीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

सभामुख घिमिरेले पक्षपाती व्यवहार गरेको नेविसंघको आरोप

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले

Techie IT