Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘ड्रीम गर्ल २ को ट्रेलर रिलिज, करम र पूजाको दोहोरो भूमिकामा आयुष्मान खुराना

‘ड्रीम गर्ल २ को ट्रेलर रिलिज, करम र पूजाको दोहोरो भूमिकामा आयुष्मान खुराना


एजेन्सी । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रीम गर्ल २’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा आयुष्मान खुराना दोहोरो भूमिकामा देखिनेछन् ।

फिल्ममा आयुष्मान पूजाका अलावा पुरुषको भूमिकामा पनि देखिँदैछन् । यो कमेडी ड्रामा फिल्म आगामी अगस्ट २५ मा हलमा रिलिज हुँदैछ । फिल्मका निर्देशक राज शाण्डिल्य हुन् ।

फिल्मको निर्माता एकता कपुरले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । ट्रेलर सेयर गर्दै उनले लेखेकी छन्– ‘ड्रीम गर्लको संसारमा आफ्नो सपनाको रानीको रमाइलो कथा हेर्न तयार हुनुहोस् ।’ यस्तै, आयुष्मान खुरानाले पनि सामाजिक सञ्जालमा ट्रेलर सेयर गर्दै लेखेका छन्– ‘म मेरो जीवनको सबैभन्दा खतरनाक प्रदर्शन दिनेछु, माया दिनुहोला ।’

ड्रीम गर्ल २०१९ को फिल्म ‘ड्रीम गर्ल’को सिक्वेल हो । फिल्ममा आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपूर, परेश रावल, असरानी, ​​मनजोत सिंह, विजय राज र राजपाल यादव पनि देखिनेछन् । फिल्म २५ अगस्टमा रिलिज हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT