Techie IT
२०८२ कात्तिक ५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालएकै पटक सबै वडामा डेङ्गी रोग फैलाउने लाममुट्टेका लार्भा नष्ट गरिँदै

एकै पटक सबै वडामा डेङ्गी रोग फैलाउने लाममुट्टेका लार्भा नष्ट गरिँदै


काठमाडौँ । डेङ्गीको संक्रमणबाट हुन सक्ने महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले सबै वडामा एकै पटक लार्भा नष्ट गर्नेसहित सचेतना अभियानलाई तीब्र बनाएको छ । यस क्रममा आज वडा वडामा पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने क्रियाकलाप भइरहेको छ । यस क्रममा आज वडा वडामा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने क्रियाकलाप भइरहेको छ । माइकिङ् गरेर रोगका विषयमा जानकारी दिँदै, रोग नियन्त्रणका लागि नागरिकको सहभागिताका लागि अनुरोध गरिँदै छ । वडाको अगुवाईमा चलेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु सहभागी हुनुहुन्छ ।

यस क्रममा वडा नं. ३१ ले शान्तिनगर गेटबाट सुरु गरेर बागमती नदी किनारातर्फ, वडा नं. १३ को ताहाचल ककन्चो मार्ग, वडा नं. २६ को लैनचौर, वडा २१ को वडाबाट जैसीदेवलतर्फको क्षेत्रमा अभियान सञ्चालन भइरहेको छ । वडा नं. २९ को घट्टेकुलो चोकबाट मैतीदेवी चोकतर्फ, वडा नं. १ को नागपोखरी, वडा नं. १४ को सुनारगाउँ चोकबाट कुलेश्वरसम्म, वडा नं. १७ को धोवी चौर क्षेत्र, वडा २५ को बाङ्गेमुढाबा न्योखा, तननी, टेङ्गल, भेडासिं, मच्छिन्द्रबहाल क्षेत्र, वडा ३० को सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट भैरवस्थान हुँदै कालोपुलतर्फ, वडा १९ को कंकेश्वरीबाट सुरु भएर इनाटोलतर्फ, वडा २ को लाजिम्पाट अम्बिका गल्ली, वडा २८ को भृकुटीमण्डप, वडा २४ को इटुम्बहालदेखि इन्द्रचोकसम्म अभियान चलिरहेको छ ।

‘बर्खायाममा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगबाट बच्ने सवैभन्दा उत्तम उपाय भनेको एडिस जातका लामखुट्टे फैलिन दिनु हुँदैन । सफा पानीमा बस्ने यो जातका लामखुृट्टेको बासस्थान नाश गरिदिनु पर्छ ।’ कार्यक्रममा विषयमा जानकारी दिँदै स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘लामखुट्टेको टोकाइबाट बच्न सके रोगबाट बच्न सकिन्छ भन्ने बुझेर घरका कुनै पनि ठाउँमा पानी जम्न नदिन स्थानीयबाट गरेको सहयोग अपेक्षा हो ।’

संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्छ । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी नै लामखुट्टे हुर्कने ठाउँ हो । यस्ता ठाउँमा पानी जम्न नदिने हो भने डेङ्गी फैलाउने लामखुट्टे नियन्त्रणमा सघाउ पुग्छ ।

महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिले साउन ३ गते सचेतनामूलक कार्यक्रमका लागि सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिच प्रतियोगितात्मक डेंगी रोग सम्बन्धी चित्रकला गर्ने निर्णय गरेको छ । जसअनुसार शिक्षा विभागले विद्यालयहरुलाई पत्र पठाइसकेको छ । विद्यार्थीमार्फत अभिभावकसम्म संक्रमणका बारेमा चेतना पु¥याउने विद्यालय स्तरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताका लागि विद्यालयहरुले आन्तरिक प्रतिस्पर्धा गराएर १ जना विद्यार्थीलाई स्रोत केन्द्रमा पठाउनु पर्नेछ । स्रोत केन्द्रहरुले आफू मातहतका विद्यालयका छनोट भएका आएका विद्यार्थीका बिच प्रतिस्पर्धा गराएर ३ जना उत्कृष्टलाई शिक्षा विभागमा शिफारिस गरेर पठाउनु पर्नेछ । विभागले प्राप्त चित्रमध्ये ३ वटा चित्रलाई पुरस्कृत गर्नेछ ।

विद्यालयहरुले साउन १९ गते शुक्रबार विद्यालयस्तरमा प्रतियोगिता गराउनु पर्नेछ । स्रोत केन्द्र स्तरमा साउन २६ गते शुक्रबार प्रतियोगिता हुनेछ । यसबाट छनौट भएर आएका विद्यार्थीहरुका विचमा भदौ १ गते शुक्रबार महानगर स्तरीय प्रतियोगिता हुनेछ ।

यसका अतिरिक्त महानगरले डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने प्रबन्ध मिलाएको छ । रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरु स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT