गृहपृष्ठ ∕
नेपाल ∕
आफ्नो हित सुरक्षित भएमा रूस ‘ब्ल्याक सी’ सम्झौता लागु गर्न तयार: पुटिन आफ्नो हित सुरक्षित भएमा रूस ‘ब्ल्याक सी’ सम्झौता लागु गर्न तयार: पुटिन
एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनबीच बुधबार भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ‘ब्ल्याक सी’ खाद्यान्न सम्झौतामा फर्कने बताएका छन् ।
दुई नेताले ‘ब्ल्याक सी’ बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रूसी खाद्य र मलको निर्यात सुविधाको उद्देश्यका लागि गरिएको सम्झौता भएदेखि सम्झौता अन्त्य हुँदासम्मका बिषयमा छलफल गरेका थिए ।
क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रूसी भागको कार्यान्वयन बिना सम्झौताको विस्तार अर्थहीन रहेको बताएका थिए ।
सम्झौतामा उल्लेखित ‘पश्चिमा मुलुकले आफ्ना सबै दायित्व पूरा गर्नेबित्तिकै’ रूस सम्झौतामा फर्कने रूसी नेता पुटिनले बताए । दुवै नेताले रूसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाहरूबारे पनि छलफल गरेका थिए ।
दुवै पक्ष दुई नेताको सम्भावित आगामी बैठकको तयारीसहित विभिन्न तहमा सम्पर्कलाई निरन्तरता दिन सहमत भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा
काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न
काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर
काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
काठमाडौँ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ । मर्मतका