Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान शुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान शुरु


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दिउँसो १ बजे बयान सुरु भएको हो।

पक्राउ परेका सबै अभियुक्तहरुलाई राखेर बयान गर्न ठाउँ अभाव हुँदा तीन ठाउँ इजलास सारेर बयान सुरु भएको हो। सुरुमा २५ नम्बर इजलासमा परेकोमा ठाउँ पर्याप्त नहुने भन्दै सात नम्बर इजलासमा सारिएको थियो। तर, त्यहाँ पनि ठाउँ अभाव भएपछि १० नम्बर इजलासमा सारेर बयान सुरु भएको हो।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।

 

मैले संसदीय मर्यादा उल्लंघन गरेको छैनः माओवादी सांसद दाहाल

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय

कोशीका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको

राष्ट्रपतिलाई बुझायो निर्वाचन आयोगले उपनिर्वाचनको परिणाम

काठमाडौँ । निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन

अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी

धादिङको थाक्रेमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर ७० वर्षीय

Techie IT