गृहपृष्ठ ∕
नेपाल ∕
कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

प्रतीकात्मक तस्बिर
कपिलवस्तु। कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका– ५ वगही गाउँमा एकै परिवारका दाज(भाइको पानीमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय ७ वर्षीय साजन यादव र उनका भाइ ५ वर्षीय राजन यादव रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। मंगलवार साँझ करीब ५ बजे घरबाट निस्केका उनीहरू घर नफर्के पछि खोजी गरिएको थियो। प्रहरी निरीक्षक ओलीले भने,ुदुई भाइ वेपत्ता भएको खबर पाए लगत्तै खोजी कार्य सुरू गर्यौं। आज बिहान मात्र उनीहरूलाई घर नजिकैको पानी जम्मा भएको खाल्डोबाट फेला परेको हो।ु
खेतमा बिउ काट्न गएका आफ्ना बाबुलाई खोज्न जाने क्रममा उनीहरूको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक ओलीले बताए। जिल्लामा विभिन्न स्थानमा खनिएका खाल्डाहरू नपुरिदा स–साना बालबालिका खाल्डोमा डुबेर मृत्यु हुनसक्ने खतरा रहेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो