Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरकम माग्दा व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद – सचेतक बर्तौला

रकम माग्दा व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद – सचेतक बर्तौला


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण व्यवसायीमाथि आज चरम दमन र गिरफ्तार गर्नु सरकारको अधिनायकवाद भएको बताएका हुन् ।

भुक्तानी नदिएको भन्दै सडक विभाग र सिँचाइ विभागमा निर्माण व्यवसायीले ताला लगाउन खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै सन्दर्भमा सचेतक बर्तौलाले सरकारको क्रियाकलापको सबैले विरोध गर्नुपर्ने बताएका हुन् ।

सचेतक बर्तौलाले भनेका छन्, ‘सार्वजनिक निर्माण कार्य गरेबापत सरकारबाट पाउनुपर्ने अर्बौं रकमको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण व्यवसायीमाथि आज चरमदमन र दर्जनौंलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद हो । सबैले विरोध गरौं ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

Techie IT