गृहपृष्ठ ∕ अर्थ ∕ ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, १६:४२ मा प्रकाशित अर्थ काठमाडौँ। खल्तीले ई-स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई-स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टूर्नामेन्टको रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ। सो रजिष्ट्रेसन सुविधा यही साउन २४ देखि साउन ३० गते सम्मको लागि उपलब्ध हुने दराजले जानकारी दिएको छ।साउन ३० देखि सुरु हुने टूर्नामेन्टमा डोटा २, पब जी, स्ट्रिट फाइटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन्। ई–स्पोर्ट्स गेमिङमा रुचि भएका र खेल्न इच्छुक सबैले खल्तीमार्फत् रजिस्ट्रेसन गरी निस्शुल्क सहभागिता जनाउन सक्नेछन्। प्रतियोगीहरूले गेमको नियमहरूमा सीमित रहेर प्रतिस्पर्धा गर्ने बताइएको छ।सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिम साथै स्ट्रिट फाइटर र ई फुटबलतर्फ १-१ प्रतिष्पर्धी नेसनल क्वालिफायरका विजेता बन्नेछन्। क्वालीफायरका विजेताहरूले साउदी अरेबियामा हुने अन्तराष्ट्रिय ई–स्पोर्ट्स गेमिङ टूर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। #खल्तीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफरधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल आजबाट ४ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ५ ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध ६ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ७ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्डThe Film Nepal