Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलपिएसजीको प्रशिक्षणमा फर्किँदै एम्बाप्पे

पिएसजीको प्रशिक्षणमा फर्किँदै एम्बाप्पे


एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)स्टार केलिएन एम्बाप्पे अन्ततः क्लबको प्रशिक्षणमा फर्किने भएका छन् । पिएसजीले यसअघि एम्बाप्पेलाई आफ्नो मुख्य टिमसँग प्रशिक्षणको अनुमति दिएको थिएन भने उनलाई पहिलो खेलमा बेन्चमा राखिएको थियो ।

तर, एम्बाप्पे र क्लब प्रतिनिधिबीचको छलफल सकरात्मक भएपछि आइतबारबाट उनी पिएसजीको मुख्य टोलीसँगै प्रशिक्षणमा फर्किन लागेका हुन् ।

क्लबले भनेको छ – ‘पिएसजी–लोरिएन्ट खेलअघि पेरिस सेन्ट–जर्मेन र केलियन एम्बाप्पेबीच सकारात्मक छलफल भएको छ । जसअनुसार एम्बाप्पेलाई प्रशिक्षण टोलीमा पुनर्स्थापित गरिएको छ ।’

शनिबार राति भएको सिजनको पहिलो खेलमा एमबाप्पेलाई बेन्चमा राखेको पिएसजी लोरिएन्टसँग गोलरहित बराबरीमा रोकिएको थियो । उक्त खेलमा एम्बाप्पेलाई टिममा सहभागी गराइएको थिएन ।

यो सिजनमै पिएसजीले एम्बाप्पेलाई बेच्न निकै प्रयास गरिरहेको छ । उनी आगामी सिजन फ्री ट्रान्सफर हुने भएकाले उनलाई यसै सिजन बेच्न क्लब कम्मर कसेर लागेको हो ।

यता, एम्बाप्पे भने आफ्नो अन्तिम एक वर्षे सम्झौताअनुसार उनी पिएसजीमा नै यो सिजन बसेर अर्को सिजन फ्री ट्रान्सफरमा रियल मड्रिड जाने सोचमा रहेका छन् ।

एम्बाप्पेसँग असन्तुष्टिकै कारण पिएसजीले उनलाई प्रि–सिजनको एशिया भ्रमणमा साथमा लगेको थिएन भने टिमको मुख्य खेलाडीहरुसँग प्रशिक्षणको अवसरसमेत दिएको थिएन ।

सिजन सुरु हुनुअघि साउदी क्लब अल–हिलालले एम्बाप्पेमाथि विश्व कीर्तिमानी २ सय ५९ मिलियन पाउन्डको प्रस्ताव पिएसजीसँग गरेको थियो । एम्बाप्पेले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

पिएसजीले आगामी शनिबार टौउलौउसेसँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षणमा बोलाएसँगै एम्बाप्पे उक्त खेलबाट मैदान फर्किने सक्नेछन् । यसबारे क्लबको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT