Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु !

रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु !


एजेन्सी । १७ महिनाको रुस–युक्रेन युद्धपछि या त राष्ट्रपति जेलेन्स्कीले देश छाड्ने वा आत्मसमर्पण गर्ने, जसको आधारमा उनले आफ्नो दम्भ देखाउँदै आएका थिए, अहिले त्यही नेटोले पछि हट्न थालेको छ । नेटो पछि हटेको मात्रै होइन, युक्रेनको आत्मसमर्पणको स्क्रिप्ट पनि तयार भइसकेको र त्यसका लागि अवस्था पनि बनाइएको बताइएको छ ।

यदि युक्रेनले रुसलाई कब्जामा लिएको क्षेत्रहरू हस्तान्तरण गर्छ भने, ‘उसले बदलामा नेटो सदस्यता पाउनेछ, जुन जेलेन्स्कीले लामो समयदेखि प्रयास गर्दै आएका छन्।’

अमेरिकाले जेलेन्स्कीलाई साथ नदिएको भए युक्रेन–रुसबीच युद्ध हुने थिएन । १७ महिनाको युद्धपछि युक्रेन सिरियाजस्तै बन्दै गएको बेला नेटोले युद्ध रोक्न तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

नाटोका प्रमुख स्टियन जेन्सेनले भने, ”युक्रेनले नेटोको सदस्यता प्राप्त गर्न सक्छ। त्यसको बदलामा उनीहरूले रुसले कब्जा गरेको क्षेत्र उनलाई सुम्पिदिनुपर्नेछ ।” यसरी दुई देशबीच युद्ध अन्त्य गर्ने सहमति हुन सक्छ। अर्थात् नेटोले नै युक्रेनलाई ती क्षेत्रहरू रुसलाई हस्तान्तरण गर्न आग्रह गरिरहेको छ, जसलाई बचाउन युक्रेनले आफ्नो जीवन बलिदान दिएको थियो।

युक्रेनले नेटोको सुझावको कडा आपत्ति जनाएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहकार मिखाइलो पोडोलियाकले एक विज्ञप्ति जारी गरेका छन्, जसमा उनले भनेका छन्, “हामीले नेटोको सदस्यता लिनका लागि आफ्नो क्षेत्र कसरी त्याग्न सक्छौं यो बकवास हो। यसो गर्दा प्रजातन्त्र पराजय हुनेछ र रुसको सत्तामा बसेका विश्वव्यापी अपराधीलाई प्रोत्साहन मिल्नेछ ।”

नेटोको यो सुझावमा रुसको प्रतिक्रिया पनि आएको छ । रुसको सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले भने, “युक्रेनका लागि नेटोमा सामेल हुने यो नयाँ विचार हो। युक्रेन किभ र अन्य विवादित क्षेत्रहरू छोडेर नेटोमा सामेल हुन सक्छ। किनकी युक्रेनका सबै क्षेत्र विवादित छन् जबकि किभ पुरातन रूसको राजधानी थियो, युक्रेनले आफ्नो राजधानी किभबाट लिभिभमा सार्नु पर्छ।

नेटो ब्याकफुटमा आएसँगै रुसले आफ्नो जित नजिकै देख्न थालेको बताइएको छ । युक्रेनले यी सर्तहरूमा नेटोमा सामेल नहुने बरु युद्ध लडिरहने स्पष्ट रूपमा जनाएको छ।

तर, युक्रेनले हतियार कहाँबाट ल्याउने भन्ने प्रश्न उठेको छ । हाल युक्रेनको अवस्था यहाँ इनार र त्यहाँ खाल्डो जस्तै भएको छ ।

यदि युक्रेनले नेटोको सल्लाह पालन गर्यो भने उसले धेरै क्षेत्रबाट आफ्नो हात गुमाउनु पर्नेछ ।

यदि नेटोको सल्लाह पालनन नगरेमा सैन्य सहयोग युक्रेनले नपाउने प्रष्ट रहेको छ । अमेरिकी र युरोपियन सहयोगबाट युक्रेन पूर्ण रूपमा अलग हुनेछ।

पहिलो कारणः नेटोले दिएको हतियार रुसलाई रोक्न असफल भएको छ । रुसले नेटोलाई दिएको ७० प्रतिशत हतियार नष्ट गरेको छ ।

दोस्रो कारणः युक्रेनी सैनिकहरूको मनोबल भत्किरहेको छ, उनीहरू लगातार युद्ध लड्दा थाकेका छन्। हतियार नहुँदा हारको डर छ ।

तेस्रो कारणः रुसले चीन र उत्तर कोरियासँग बलियो गठबन्धन बनाइरहेको छ। जसको अर्थ जिनपिङ र किमले रुसलाई हतियार मात्र आपूर्ति गर्दैनन् । रसियाले ताइवान र दक्षिण कोरियाविरुद्ध दुवै देशलाई समर्थन गर्नेछ ।

चौथो कारणः नेटो हतियारहरूको रिभर्स इन्जिनियरिङ। अर्थात् रुसी सेनाले युक्रेनी सैनिकले युद्धभूमिमा छोडेका हतियार लिएर आफ्नो प्रविधिको आधारमा हतियार र प्रतिरक्षा प्रणालीलाई बलियो बनाए ।

एजेन्सीको सहयोगमा




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT